६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा कोरोना भित्रीए जनताले छोड्ने छैनन्


कोभिड १९ को महामारी ले अहिले पूरा विश्व चपेटामा छ । अमेरिका , युरोप लगायतका शक्तिशाली मुलुकहरु यस्को अगाडि निरीह भयेर बसेका छन । चिनको बुवान बाट सुरु भयेको यो भाइरस इपिसेन्ट अहिले युरोप , अमेरिका हुँदै भारत आइपुगेको छ । भारत आइपुगेका ले हामी पनि जोखिम को दृष्टिकोणले अत्यन्तै गम्भीर अवस्थामा छौ ।

केही डाक्टरहरुले नेपाल कोरोनाको तेस्रो चरणमा प्रबेश गरिसकेको कुरा बताइरहदा हाम्रो सहर कोहलपुर आफ्नै तालमा छ । उदयपुरको मस्जिदमा बसेका १२ मध्ये ११ भारतीय लाई कोरोना पोजेटिभ देखिएपछी अलिकती नेपालमा पनि यस्ले उग्र रुप लिने हो कि भन्ने चिन्ता आम जनमानसमा परेको देखिन्छ ।

कोहलपुर पश्चिम नेपालको केन्द्रबिन्दु हो । विभिन्न दृस्ठटकोण ले यस्को विभिन्न महत्त्व छ । पूरा विश्व लकडाउनको अवस्थामा रहदा कोहलपुरमा एउटा समूह १० रुपिया किलो काक्रा बाडिरहेको छ भने अर्को समूह ५ रुपिया किलो । यो महामारिको बेला यो जायज छ त रु काक्रा राजनीति ले कहाँ पुगिन्छ रु काक्रा राजनीति को प्रवृत्ति ले कोहलपुर कसरी अगाडि बड्ला ?

पैदल आफ्नो गन्तब्य हिडेका यात्रुलाइ सक्ने सहयोग गर्नु मानबिय कार्य हो , त्यस्मा दुई मत छैन तर पार्टिका ब्यानर र झन्डा मुनि भन्डारा लगाउनुलाई कसरी बुझ्ने हो रु समाजसेवा झन्डा र ब्यानर बिना पनि गर्न सकिन्छ भन्ने कुरा आजको पिडिले बिर्सेको हो त ? के यो राजनीति गर्ने बेला हो ? अलपत्र यात्रु को ब्यस्थापन र तिनलाइ गन्तब्य सम्म पुर्याउन नगरपालिका असमर्थ हो ? राजनीति को नाममा कोहलपुर मा कोरोना भित्रीयमा त्यस्को जिम्मा कस्ले लिने हो ?

कोहि ब्यानर लगायेर भन्डारा गर्ने , कोहि यस्तो संबेदनसिल बेलामा दिप प्रज्वलन गर्ने ,कोहि आफ्नै कार्यलयमा संयौ मान्छेलाइ लाइन लगायेर अन्डा बाड्ने , अचम्म छ। कोरोना ल्याउन किन यस्तो होड्बाजी ?कोहलपुर नगरपालिका , इलाका प्रहरी कार्यलय कता छन रु अब यस्को शसक्त प्रतिकार को आवस्यकता छ हैन भने कोहलपुर कोरोनाको इपिसेन्टर बन्ने छ ।

जहाँ ट्रान्जिट हुन्छ त्यही इपिसेन्टर हुने हो । कोहलपुर चौराहमा बढेको भिडभाडले कोहलपुर मा कोरोना भित्रीएमा यस्को जिम्मेवारि कस्ले लिने ? भित्रीएमा त्यसबाट दुख पाउने त फेरि तिनै गरिब जनता त
होलान ? हैन र, चाहे कम्युनिस्ट हुन वा काङ्ग्रेस , अहिले राजनीति बन्द गरौ । कोहलपुरमा कोरोना भित्रीन नदिन उच्च सतर्कत अपनाउ ।केही कारणले कोरोना भित्रीएमा कोहलपुर बासिले कसैलाइ माफ गर्ने छैनन् ।

Nabintech