५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा लक डाउन उलंघनका घटनाहरु बढे


कोहलपुर/ विभिन्न बाहानामा कोहलपुरमा लक डाउन उलंघनका घटनाहरु बढिरहेका छन् । केहि अगुवा संघ संस्था,राजनीतिक दल र उनका भातृ संगठनहरुको गतिविधिले लक डाउन उलंघनका घटनाहरु बढि रहेका हुन् ।
कोहलपुरमा लक डाउन उलंघनसँगै कोरोनाको संक्रमण भित्रन सक्ने भन्दै स्थानीयहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । सामाजीक दुरीको समेत ख्याल नगरी राहात,उद्धार र भोजनका नाममा मेलाको झल्को दिने गरी हुने भिडभाडलाई नियन्त्रण गर्न कोहलपुर प्रहरी चुकेको भन्दै प्रहरीको समेत आलोचना सुरु भएको छ ।

शनिवार विहान कोहलपुर उद्योग वाणिज्य संघले विक्रिका लागि राखेको अन्डा र तरकारी विक्रि केन्द्र संघको परिसरमा देखिएको स्थानीयहरुको भिडको फोटा सामाजीक सञ्जालमा देखेपछि यति वेला सामाजीक सञ्जाल तातेको छ । लक डाउनको पुर्ण पालना गर्न गरिएको सरकारको निर्देशनलाई उलंघन गर्दै संघले परिसर भित्रबाटै सहुलियत दरमा भन्दै अन्डा र तरकारी जन्य सामाग्री विक्रि गरेको थियो ।

संघका अध्यक्ष चक्र बहादुर अधिकारीले नयाँ कोर्ससँग कुरा गर्दै भने स्थानीय किसानहरुले उत्पादन गरेको कृषि जन्य सामाग्रीहरु नोक्सान हुने देखेर बजारीकरणको समन्वय मात्र गरेको बताए । उनलेभिड भाड बढेपछि बिक्रि बन्द गरेको बताए ।
लक डाउनको उलंघन हुने गरी स्थानीयहरुलाई संघले भिडभाड गराए पछि प्रहरीले हस्तक्षप गरी अन्डा र तरकारी विक्रिवितरण रोकेको थियो ।

Nabintech