६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेमा पनि कृषि एम्वुलेन्स सञ्चालनमा


कोहलपुर/  बाँकेमा आजदेखी कृषि एम्बुलेन्स सेवा सन्चालनमा ल्याईएको छ । किसान कृषि उपज बजार सम्म ल्याउनका लागि एम्मबुलेन्स सञ्चालनमा ल्याईएको हो ।
सहकारी सञ्जाल प्रदेश ५ अध्यक्ष प्रेम सुबेदीले कृषि उपजलाई बजार सम्म पुर्याउन एम्बुलेन्स सञ्चालनमा ल्याईएको हो । कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ को बिशेष पहलमा यस्तो कार्यको सुरुवात गरिएको सुबेदीले जानकारी दिए ।

जसका लागि यस अघि मन्त्रालयकाले अनुदानमा दिएको पिक अप भ्यानहरुलाई प्रयोगमा ल्याईएको हो । शुक्रावर किसानले उत्पादन गरेको ट्माटर ,खुर्सानी र फर्सी बजार पुर्याईएको हो । किसानको बारीबाट उल्पादित बस्तुहरु कृर्षि एम्बुलेन्स मार्फत उपभोक्ताको घर वा थोक बिक्रेताको सम्म पुर्याउने गरिएको छ । पिक अप भ्यानको तेल समेत प्रदेश सरकारले सहयोग गरेको सुबेदीले नयाँ कोर्सलाई जानकारी दिए ।
संयोजक सुबेदीले बाँके जिल्ला भरमा किसानका उत्पादन बिक्रि नभएको भए आफुहरुलाई जानकारी दिन समेत आग्रह गरेका छन । उनले किसान संग खरिद गरेकै मुल्यमा उपभोक्तालाई बिक्रि गर्ने गरेको समेत जानकारी दिए । यसअघि प्रदेश ५ का अन्य जिल्लाहरुमा पनि यस्तो सेवा सुरु गरिएको छ ।
जिल्ला सहकारी संघ , जिल्ला ज्ञानकेन्द्र बाँके र कृषि मन्त्रालय प्रदेश ५ को सहकार्यमा यस्तो अभियान चलाईएको हो ।

Nabintech