कोहलपुर/ नेपालगञ्ज उपमहानगरपालिकाको जैसपुरमा बनाईएको क्वारेन्टाईनमा बसेकाहरु घर फर्कीएका छन् । क्वारेन्टाईनमा बसेका १ सय ८१ जनालाई शुक्रवार २२ औं दिनमा घर पठाईएको हो ।
क्वारेन्टाईनमा बसेकाहरुले वारम्वार घर जान पाउँनु पर्ने भन्दै नाराबाजि गर्दै स्थानीय प्रसाशनलाई दवाब दिदै आइरहेका थिए ।
शुक्रवार उनिहरुलाई ७ ओटा गाडीको व्यवस्था गरी घर पठाईएको हो । उनिहरु क्वारेन्टाईनमा बसेको १५ औं दिनमा घर जाने भनेर गाडीमा बसिसके पनि गृह मन्त्रालयको आदेश भन्दै स्थानिय प्रहरी प्रशासनले रोकेको थियो । कोरोना परीक्षण पछि पनि क्वारेन्टाइनमा बस्न बाध्य बनाएको भन्दै उनीहरु आक्रोशित थिए ।