८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
एग्रोभेटहरुमा अनुगमन


कोहलपुर/ कोहलपुर नगर क्षेत्रका एग्रोभेटहरुमा शुक्रवार अनुगमन गरिएको छ । कोहलपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक दिल बहादुर परियारको नेतृत्वमा कोहलपुर क्षेत्रका आधा दर्जन एग्रो भेटहरुमा अनुगमन गरिएको हो ।


संयोजक परियारले बन्दाबन्दीका कारण औषधिको उपलब्धता , मुल्य बृद्धि र दर्ता प्रक्रिया लगायतको विषयमा अनुगमन गरिएको जानकारी दिए । अनुगमनमा आर्थिक विकास शाखाका अधिकृत बिर बहादुर बिक र सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

बन्दा बन्दीका कारण कालो बजारी बढेको र अत्यावस्यक औषधीहरु उपलब्ध नभएको जन गुनासो आए संगै अनुगमन लाई तिब्रता दिईएको हो । केही दिन अघि कोहलपुर नगरपालिकाले तरकारी पसलहरुको अनुगमन गरेर मुल्य बृद्धि गर्नेलाई कार्यवाही समेत गरेको थियो ।

Nabintech