४ कार्तिक २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर नगरपालिकालाई १ सय बोरा चामल हस्तान्तरण


कोहलपुर/ स्टार्ट फाउन्डेसन काठमाडौँको सहयोगमा कोहलपुर नगरपालिकालाई १ सय बोरा चामल हस्तान्तरण गरिएको छ ।  कोहलपुरका युवा तथा बिद्यार्थीहरुको समन्वयमा कोहलपुर नगर भित्र बसोबास गर्ने अतिबिपन्न घरपरिवारका लागि सय बोरा चामल र तीन क्वीन्टल दाल हस्तान्तरण गरिएको अनेरास्वबियु का केन्द्रीय सदस्य राजेन्द्र बिष्टले जानकारी
दिए ।

कोहलपुर युवा बिद्यार्थी लक्ष्मण मानव,गीता शाही,राजेन्द्र बिष्ट,टोपराज जैसी,महेश बस्नेत र दिपेन्द्र शाही, लगायतको पहलमा सो खाद्यान्न कोहलपुर नगरपालिकालाई बुझाईएको हो ।

राहात हस्तान्तरण कार्यक्रममा बोल्दै कोहलपुर नगर प्रमुख लुट बहादुर रावतले राहात वास्तविक प्रभाबितलाई बितरण गरिने बताए । उनले सहयोगी संस्था र पहलकर्ता लाई धन्यवाद समेत दिए ।
बिभिन्न व्यक्ति तथा संघ सस्थाहरुको सहयोगम कोहलपुरमा १५ लाख बढिको राहात संकलन भई सकेको छ ।

Nabintech