८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जेठ २ गते देखि खोप अभियान सञ्चालन गरिने


कोहलपुर/ कोहलपुर नगरपालिका क्षेत्रका बाल बालिकाहरुलाई लक डाउनका कारण खोप लगाउन छुटेकाहरुका लागि खोप अभियान सञ्चालन गरिने भएको छ । कोहलपुर नगर स्वाथ्य शाखा प्रमुख डिल्ली राज पोख्रेलले जेठ २ गते देखि १५ गते सम्म खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।

खोप अभियान सञ्चालन गर्दा स्वाथ्यकर्मीको सुरक्षा र सामाजिक दुरी कायम गर्न सबैले सघाउनु पर्ने उनले बताए । बाल बालिकालाई खोप नलगाउदा बिभिन्न रोगको सक्रमण बढ्न सक्ने भएकाले खोप सञ्चालन गर्न लागिएको उनले बताए ।

Nabintech