९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा बन्दा बन्दीलाई थप कडाई गर्न सेना परिचालन हुन सक्ने

चौराहाको हेल्थ हेल्प डेस्क रोहिणी खोला सारिने , बाहिरबाट आउने सवारी साधनलाई कोहलपुर क्षेत्रमा नरोकी सिधै गन्तव्यमा पठाईने



कोहलपुर (बाँके)/ कोहलपुर नगर क्षेत्रमा बन्दाबन्दीलाई थप प्रभावकारी बनाईने निर्णय भएको छ । बुधवार कोहलपुर नगरपालिकामा भएको कोरोना भाईरस संक्रमण रोकथाम तथा उपचार कोष सञ्चालन समितिको बैठकले बन्दा बन्दीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो ।

बन्दा बन्दीलाई प्रभावकारी बनाउन र संक्रमणको जोखिम कम गर्न कोहलपुर चौराहमा भएको हेल्प हेल्थ डेक्सलाई कोहलपुर १२ को रोहिणी खोला स्थित बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ रहेको नेपाली सेनाको व्यारेक भएको स्थानमा स्थानान्तरण गर्ने निर्णय भएको छ । कोहलपुर चौराहमा हेल्थ हेल्प डेस्क राख्दा कोहलपुर क्षेत्रमा जोखिम बढन सक्ने भएकाले हेल्प हेल्थ डेस्क उक्त स्थानमा सार्ने र बाहिर बाट आउने सावरी साधनलाई कोहलपुर क्षेत्रमा नरोकी सिधै गन्तब्यमा पठाउने निर्णय भएको नगर प्रमुख लूट बहादुर रावतले जानकारी  दिए । यस अघि पनि पटक पटक मौखिक सहमति भएको पएपनि सो को कार्यान्यनन नभएको भन्दै यस पटक लिखित रुपमै निर्णय गरिएको रावतले जानकारी दिए । उनले लक डाउनको पुर्ण पालनामा नभएकाले आवश्यक मात्रमा नेपाली सेना परिचानका लागि जिल्ला प्रशासनलाई आग्रह गरिने बताए ।

प्रमुख रावतका अनुसार महामारीको जोखिम कम गर्न तथा प्रभाबितलाई राहात दिन कोहलपुर नगरपालिकाकाले कार्यबिधि समेत पास गरेको छ । प्रमुख रावतले आगामि दिनमा सोही कार्यबिधी अनुसार गठित सर्बपक्षिय समितिको निर्णय अनुसार राहात ,उद्धार र व्यवस्थापनको कामलाई अगाडि बढाईने बताए ।

उनले यस अघि ४ हजार ३ सय बढि लाई राहात बितरण गरिएको भएपनि केहि छुटेको गुनासो आएकाले वडा स्तरको समन्वय समितीको सिफारीसका आधारमा १५ दिन सम्म खान पुग्ने गरि प्रतिव्यतिm ५ किलो चामल,दाल र तेल लगायतका खाद्य समाग्रि बितरण गरिने नया कोर्सलाई जनकारी दिए ।

राहात प्राप्त गर्नेहरुको तिन पुस्ते सार्वजनिक गरिने कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र देव भारतीले बताएका छन । उनले वडा स्तरमा राहात समाग्रि खरिद गर्दा समेत ३ दिनको समय अवधी राखेर कोटेशन आवहान गर्न वडा कार्यालयहरुलाई निर्देशन दिईएको नयाँ कोर्सलाई बताए ।

कोषको बैठकमा सहभागि राजनैतिक दलहरुले राहात बितरणमा वडा स्तरको सर्वपक्षिय समन्वय समित गठन गरेर पारदर्शी तरीकाले राहात बितरण गर्न सुभmाव दिएको कोहलपुर नगरपालिकाका योजना शाखा प्रमुख अग्नी आचार्यले जानकारी
दिए ।

कोहलपुर विपद् कोषमा प्रदेश सरकारको १५ लाख , स्वसफुर्त रुपमा बिभिन्न संघ सस्था तथा व्वक्तिबाट जम्मा भएको १५ लाख र कोहलपुर नगरपालिकाले कोरोना माहामारीका कारण सञ्चालन हुन नसक्ने बिभिन्न कार्यक्रमहरु कटौती गरि २ करोड ५३ लाख लाख जम्मा भई सकेको छ ।

कोष अन्तर्गत हाल सम्म ४७ लाख बढिको खाद्य समाग्रि खरिद गरि १५ ओटै वडामा ४ हजार ३ सय बढि लाई बितरण गरि सकिएको छ । सोहि कोष बाट नगर स्वाथ्य शाखाका लागि अवस्यक पर्ने ८ लाख बढिको स्वाथ्य समाग्रि समेत गरिद गरिएको
छ ।

Nabintech