४ कार्तिक २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
काठमाण्डौंमा अलपत्र विद्यार्थी र मजदुरहरुको उद्धार


कोहलपुर/ काठमाण्डौंमा अलपत्र विद्यार्थी र मजदुरहरुको उद्धार गरिएको छ । लकडाउनका कारण काठमाण्डौंमा अलपत्र बाँके र बर्दियाका ६० जना विद्यार्थी र मजदुरहरुको उद्धार गरिएको हो ।
काठमाण्डौंमा अलपत्र विद्यार्थी र मजदुरहरुलाई बाँके क्षेत्र नं १ का साँसद महेश्वर गहतराज अथकसँगको सहकार्यमा उनिहरुको उद्धार गरेको कर्णाली बाँके सम्पर्क मञ्चका अध्यक्ष तथा अनेरास्ववियु बाँकेका विद्यार्थी नेता टोपराज जैशीले बताए ।
विश्वभरी फलैलिएको कोरोनाका कारण नेपालमा गरिएको लकडाउनका कारण काठमाण्डौंमा अलपत्र परेका विद्यार्थी र मजदुरहरुलाई उद्धार गर्न कर्णाली बाँके सम्पर्क मञ्च कोहलपुरले साँसद अथकसँगको सहकार्यमा संवन्धित जिल्ला सम्म पुर्याउन र बाटोमा आवश्यक पर्ने खानाको समेत प्रवन्ध मिलाएको जैशीले नयाँ कोर्सलाई बताए ।
काठमाण्डौंमा अलपत्र विद्यार्थी र मजदुरहरुलाई ल्यायर विहिवार साँझ काठमाण्डौंबाट हिडेको बस शुक्रवार विहान कोहलपुर आई पुग्ने जैशिले बताए ।
काठमाण्डौंमा लकडाउनका कारण बेखर्ची भएको गुनासो बढेपछि उनिहरुलाई उद्धारको पहल गरिएको साँसद अथकले बताए ।

Nabintech