९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सिडियोको निर्देशन कोहलपुर प्रहरीले पालना गरेन्

कोहलपुर प्रहरी प्रमुख रमिते बनेको स्थानियको आरोप



कोहलपुर/ लक डाउनको सयममा कोहलपुर चौराहमा मेला लागेको छ । बिभिन्न जिल्लाबाट कर्णालि प्रदेश र सुदुर पश्चिम प्रदेश जाने यात्रुहरुलाई कोहलपुर ल्याएर छोडिदिने कारणले कोहलपुर चौराहमा मेला जस्तै भएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले अन्य जिल्लाबाट आउने यात्रुलाई कोहलपुरमा नरोकी गन्तब्यमा पुर्याउन प्रहरीलाई निर्देशन दिएको बताए । तर प्रजिअ खड्काको निर्देशन कोहलपुरको हकमा लागु भएन । बुधवार प्रशासन र कोहलपुरका राजनैतिक दलहरु बिच कोहलपुर चौराहमा गाडी नरोक्ने सहमति भएको थियो । तर, ईलाका प्रहरी कार्यालय कोहलपुर भने सो निर्णय कार्यानयन गराउन सकेका छैन् ।
श्रोतका अनुसार बाँकेका प्रजिअ खड्काले कोहपुर चौराहाको भोज भतेर र भिड भाड नियन्त्रणका लागि निर्देशन दिई सकेका छन । तर सो निर्देशन कार्यान्यन गराउने अधिकारी भने मुक दर्शक बनेको स्थानियको आरोप छ ।
ईलाका प्रहरी कार्यालय प्रमुख कुलदिप चन्दले बाहिरबाट आएका सवारी साधन सिधै गन्तब्यमा पठाउने र चौराहमा रहेको भण्डारा हटाउने वारे प्रष्ट निर्देशन आएको बताउदै आफु प्रक्रियामा रहेको नयाँकोर्स लाई बताए ।
स्थानिय वासान्दिाहरु भने ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख चन्दले भिड नियन्त्रण गर्ने भन्दा रमिते बनेको कोहलपुर ६ का लक्ष्मण पाण्डेले आरोप लगाए । भिड भाडका कारण कोरोनाको महामारीको जोखिम कोहलपुरमा बढ्न सक्ने भएकाले कोहलपुर नगरपालिकाले पनि छिटै एक्सन लिनु पर्ने पाण्डेले बताए ।

Nabintech