४ कार्तिक २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सांसद उषाले अलपत्र परेका २३ जनाको उद्धार गरिन


कोहलपुर/ प्रदेश नं ५ की सांसद एवं नेकपा संसदीय दलकी सचेतक पार्वती पुन उषाले अलपत्र परेका २३ जनाको उद्धार गरेकीछिन ।

रोजगारीका शिलसिलामा गएका उनीहरु लकडाउन लम्बीए पछि घरतर्फ पैदलै फर्किने क्रममा गण्डकी प्रदेशको स्याजा जिल्लामा दुई वटा जीप रिजर्ब गरि अलपत्र यात्रुलाई मंगलबार गन्तब्य स्थान पुर्याएको सांसद उषाले नया कोर्सलाई जनाईन ।

बाँकेका बिभिन्न स्थानका मज्दुरहरु गण्डकी प्रदेशको स्याङजा जिल्लामा अलपत्र परेको जानकारी पाएपछि सांसद उषाले स्थानिय तहका जनप्रतिनिधीहरुसंग समन्व गरि गन्तब्य स्थान पुर्याएको जनाईन । उनीहरु मंगलबार नै आ–आफ्नो घर पुगीसकेका छन ।

सांसद उषाका अनुसार उनीहरु लाई त्यहा खान पिनको ब्यवस्था गरि सहज रुपमा घर सम्म पुर्याईएको बताईन ।

 

 

 

 

 

 

 

 

 

 

 

 

माहामारीसँग लडन के गर्दैछन नेकपाका बाँकेका स्थानीय कमिटीहरु

राहात संकलन ,  पैदलयात्रीको उद्धार , रक्तदान ,लक डाउन पालका लागि स्वयम् सेवक परिचाल लगायतका काम गदै नेकपा बाँके

कोहलपुर बाँके निर्वाचन क्षेत्र नं ३ क ले मंगलबार बैजनाथ गाउँ पालिकालाई ५ सय बोरा चामल सहयोग गरेको छ । कार्यकर्ताबाट मानो मुठि संकलन गरेर ५ सय बोरा चामल पालिकालाई सहयोग गरेको ३ क का ईन्चार्ज नरेन्द्र पाण्डे जेम्सले जानकारी दिएका छन । कमिटीले पुर्व मन्त्री दल बहादुर सुनारको नेतृत्वमा राहात संकनल समिती गठन गरेर राहात संकन गरेको हो । ईन्चार्ज जेम्सले राहात का साथै यस क्षेत्रका सबै १२ वटै वडाहरुमा लक डाउनलाई प्रभावकारी बनाउन बिशेष अभियान सञ्चालन गरिएको जानकारी दिए ।

पुर्व मन्त्री सुनारले पार्टी कार्यकर्तासंग मानो मुठि र केहि सहयोगी दाताहरुसंगको सहकार्यमा राहात संकलन गरेर पहिलो चरणमा ५ सय बोरा पालिकालाई हस्तान्तरण गरेको जानकारी दिए । उनले जनताको दुख सुखमा साझेदार हुनका लागी राहात संकलन गरिएको बताउदै थप राहत संकलनको काम समेत भई रहेको नयाँ कोर्स लाई जानकारी दिए ।

नेकपा बैजनाथले राहत र सचेतनाका साथै बैजनाथ १ चिसापानीमा सामुहिक खान खुवाउने व्यवस्था गरेको नेकपा जिल्ला कमिटी सचिवालय सदस्य एंव बैजनाथका नेता घननाथ खनालले जानकारी दिए । उनले दैनिक २ सयको हाराहारीलाई खाना खुवाउने र कर्णाली प्रदेश तर्फ पुर्याउने काम भई रहेकोे जानकारी दिए । पालिकासंगको साझेदारीमा खाना खुवाएर उनिहरुलाई कर्णालि प्रदेशका बिभिन्न जिल्ला पुर्याउने गरिएको नेता खनालको भनाइछ ।

यस बाहेक लकडाउनका कारण कृषि उद्यमी लगायत अन्य क्षेत्रमा परेको असर बारे स्थलगन निरिक्षण गर्ने र क्षतिको प्रकृति अनुसार स्थानीय तहका साथै केन्द्र र प्रदेशलाई सिफरिस गर्ने काम भई रहेको नेकपा बैजनाथका अध्यक्ष चन्द्र बहादुर थारुले जानकारी दिए ।

बाँके निर्वाचन क्षेत्र नं ३ ख का संयोजक रक्षा राम बर्माले पार्टीको तर्फबाट राहात संकलन अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले भारतिय सिमासंग जोडिएको हुँदा भारतिय तरकारी नियन्त्रण गर्ने अभियान पार्टीको नेतृत्वमा सञ्चालन गरिएको जानकारी दिए । सिमा क्षेत्रमा पनि भारत तर्फबाट मानिसहरु आउन सक्ने भएको कडा निगरानि गर्न युवा स्वयम सेवक परिचालन गरिएको जानकारी दिए ।

बाँके क्षेत्र नं १ का संयोजक सुर्य ढकालले क्षेत्रिय ईन्चार्ज प्रकास सुवेदीको नेतृत्वमा सहयोग संकलन सुरु गरेको जानकारी दिए । संकलित रकम पालिकाहरुलाई हस्तान्तरण गरिने नयाँ कोर्सलाई जानकारी दिए ।

बाँके निर्वाचन क्षेत्र १ ख का ईन्चार्ज नरेन्द्र न्यौपानेले आफुहरु राहात संकलनसंगै बिभिन्न जिल्लाबाट हिड्दै आएका पैदल यात्रीलाई गन्तब्यमा पुर्याउने अभियान संञ्चालन गरेको जानकारी दिए । उनले लक डाउनलाई पुर्ण पालनाका लागि कमिटीहरु परिचालन गरेको जानकारी दिए । उनले रक्तदान , पि पि ई सहयोग र नाकामा युवा स्वयम सेवक परिचालन लगायतका कामहरु गरिएको बताए ।

क्षेत्र नं १ क का संयोजक अब्दुल हुसेन खानले राहात संकलन गरि वडा  कार्यालयहरुसंगको सहकार्यमा वडा स्तरमा बितरण गरिएको जानकारी दिए । उनले रक्तदान कार्यक्रम , बिभिन्न संघ सस्थासंगको सहकार्यमा स्वास्थ्य सस्थाहरु लाई पि पि ई बितरण लगायतका कार्यक्रम गरेको बताए । उनले गैर आवसिय नेपाली र मन्त्री आरती पौडेलको सहयोगमा १ सय ३८ थान पि पि ई यस क्षेत्रका बिभिन्न स्वास्थ्य संस्थाहरुलाई सहयोग गरेको बताए ।

नेकपा कोहलपुरकी अध्यक्ष बसन्ती अधिकारीले स्थानिय सरकारलाई सघाउन बिभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताईन । उनले लक डाउनलाई पालना गर्न स्थानिय कमिटी परिचालन र कोहलपुर प्रबेश गर्ने  ४ ओटा नाकामा स्वयेवक परिचालन गरेको जानकारी दिईन । उनले अति बिपन्न र अपाङ्गता भएकाहरु लाई बिभिन्न व्यक्ति संघ सस्थासंगको साझेदारीमा राहात समेत उपलब्ध गराएको बताईन ।उनले क्षत्रिय कमिटले आयोजना गरेको रक्तदान कार्यक्रममा पनि पालिकाले सहयोग पुर्याएको बताईन । उनले पैदल यात्री लाई उद्धार तथा भोजनका लागि कोहलपुर  चौराहमा हेल्प डेस्क स्थपना गरेको बताईन ।

बाँक निर्वाचन क्षेत्र नं १ ख का ईन्चार्ज पुजन बिस्वकर्माले नेपाल सरकारको निर्देशन अनुसार लक डाउन लाई पुर्ण पालन गर्न जनता लाई आग्रह गरेको बताए । उनले ३० दिन सम्म लकडाउनको पुर्ण पालना गरेका जनता लाई कोरोनाको महामारीको अन्त्य नहुदा सम्म सरकार लाई सफल बनाउन आग्रह गरिएको बताए । उनले बिपन्न तथा मजदुर वर्ग लाई दिने राहातमा मा बिभेद नर्गन राप्ती सोनारी गाँउ पालिका र नरैनापुर गाउँ पालिका लाई आग्रह गरिएको जानकारी दिए ।

नेकापा बाँके क्षेत्र नं २ कि ईन्चार्ज शान्ति ढकालले लक डाउनका कारण आधिकारीक बैठक बस्न नसकेपनि वडा कमिटिहरु लाई वडा सरकार संग मिलेर राहत तथा उद्धारका काम गर्न निर्देशन दिईएको बताईन । उनले पार्टीको तर्फ बाट राहात संकलनका लागि पहल सुरु गरेको जानकारी दिईन ।

बाँके निर्वाचन क्षेत्र नं २ क कि संयोजक बिजया धितालले राहात संकलनका लागि छलफल भईरहेको जानकारी दिईन । उनले लक डाउन लाई पुर्ण पालनका लागि समेत वडा कमिटि लाई क्रियासिल बनाईएको बताईन । उनले नेपाल भारत सिमा क्षेत्रमा स्वयम सेवक परिचालन गरेर बिदेश बाट आउनेहरुको नामावली संकलन गरि स्थानीय सकार लाई हस्तान्तरण गरिएको बताईन ।

बाँके निर्वाचन क्षेत्र २ ख को ईन्चार्ज प्रेम भुषालले लक डाउन लाई पुर्ण पालना गर्न वडा कमिटि मार्फत सचेतना कार्यक्रम गरिएको जानकारी दिए । उनले सिमा क्षेत्र बाट स्वदेशमा आउने मानिसहरु लाई सुरक्षाकर्मि संग मिलेर कडाई गर्न स्यम सेवक परिचालन गरिएको जानकारी दिए । भारतिय बजार बाट आउने तरकारी प्रयोग नर्गन सचेतना फैलाईएको बताए । उनले राहात संकलनको सुरुवात गरिएको र छिटै स्थानिय सरकार मार्फत राहात बितरण गरिने जानकारी दिए ।

नेकपा बाँकेका अध्यक्ष आई पि खरलले सवै कमिटहरु लाई लक डाउन लाई पुर्ण पालन , र बिपन्न लाई राहात बितरणमा सघाउन पुर्याउन आफ आफ्नो तरिकाले योजना बनाए काम गर्न सबै तहका कमिटिहरु लाई निर्देशन दिएको बताए । उनले सरकार र पार्टीका तर्फ बाट भई रहेका कामहरुको अनुगमन गर्न अनुगमन समिति र राहात बितरण लगायतका काम गर्न हरेक पालिकामा पाटीका तर्फबाट फोकल पर्सन समेत तोकीएको जानकारी दिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पार्टीको झण्डा सहतिको व्यानर दलहरुले हटाए

बाहिरबाट आउने साधन सिधै गन्तब्यमा पठाइने

कोहलपुर राहत तथा उद्धारका लागि भन्दै कोहलपुर चौराहामा दलका झण्डा र व्यानर सहितको क्रिलयाकलाप बन्द हुने भएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतको पहलमा बुधवार भएको नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काग्रेस का नगर सभापति र सचिवको बैठकले यस्तो निर्णय गरेको नेकपा कोहलपुर नगर सचिव तुलाराज बिष्ट बिहानिले जानकारी दिए ।

उनले बिभिन्न स्थानबाट सवारी साधनमा आएका र जिल्ला बाहीर जानेलाई कोहलपुरमा नरोक्ने र सिधै गन्तब्य तर्फ पठाउने सहमती भएको बताए । उनले पैदल रुपमा आएकाहरु लाई भने सामाजिक दुरी कायम गरेर प्याकेजमा खाना वा नास्ताको व्यवस्था गर्ने सहभती भएको छ ।

नेपाली काँग्रेस कोहलपुर नगर सभापति बलराम शर्माले चौराहामा भिड भाड गर्दा कोहलपुर क्षेत्रमा कोरोनाको संक्रमण बढ्न सक्ने जोखिम भएकाले सवारी साधनमा आएकाहरुलाई सिधा गन्तब्यमा पठाउने निर्णय भएको बताए । छलफमा नेकपा कोहलपुर नगर अध्यक्ष  बसन्ती अधिकारी , सचिव तुला राज बिष्ट बिहानी , काँग्रेस नगर सभापति बलराम भटराई र सचिव भुम भण्डारी लगायतको सहभागिता रहेको थियो ।

नेपाली काँग्रेस र नेकपाले आफ्नो दलको झण्डा र व्यानर सहित बाहिरबाट आउनेहरुलाई खाना र खाजाको व्यवस्था गरेको भन्दै आलोचना समेत भएको
थियो । बुधवारको दलिय बैठक पछि दलको झण्डा र व्यानर हटाएर हेल्प डेस्कका रुपमा सञ्चालन गरिने राजनैतिक दलका नेताहरुले बताएका छन ।

दलका झण्डा टागेर दलहरुले मानबिय सेवा गरेको समाचार नयाँ कोर्सले प्रकाशन गरेको थियो ।

Nabintech