६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
लक डाउन र त्यसले निम्त्याएको अवस्था


अहिले सायद सबैभन्दा बढि प्रयोगमा आइरहेको डर, त्रास, अपमान, दया, माया, गरिबि र कता – कतै आदर्श र सम्मानका साथ हेरिने पेशा, स्वास्थ्यकर्मिको एक सदस्य हुँ । विकृत मानसिक सोचका विकाशको कारण कठै वरा त्यो विचारो “कोरोना भाइरस अर्थात कोभिड – १९ ” लाई दिइएको छ । नयाँ – नयाँ स्वाद जिब्रोलाई चाहिने, जसरी जुन तरिकाले खान मिल्छ त्यो चिजको प्रयोग गर्ने ब्रोइलर कुखुरा पाल्नको लागि एकै टहरामा सयौँ कुखुराको बच्चालाई हुले जस्तै गरी एकै स्थानमा थुप्रै जनाबर, पशु पंशिलाई राखेर मेला लगाउने अनि दोष कोभिड – १९ लाई मानिसको लिला अपम्पार छ । सोचाई नै अचम्मको छ हजुर …आफुबाट भएका डरलाग्दा गल्तिहरुलाई पनि अर्को बोल्न नसक्ने, दमित भाइरसमाथि लगाउने । जैबिक विशेषताहरु सजिव प्राणीहरुमा हुन्छ । जसरी मानवले आफ्नो वंशज बचाउनको लागि सन्तान उत्पादन गर्छ त्यसैगरी कोभिड – १९ले पनि आफ्ना सन्ततिहरु उत्पादन गर्दै गएको हो । जसको प्रत्यक्ष असरले अहिले विश्व दुनिया भयभित छ र त्यसको प्रभाव हाम्रो मुलुकमा पनि देखिएको छ ।

मेरो यो आलेख कोभिड – १९ को त्रासले, यस्को नियन्त्रण र रोकथामको लागि हाम्रो मुलुकले गरिरहेको अनौठो अभ्यास “लक डाउन ” र त्यसले अरु विरामीहरु र समाजमा पारेको प्रभाव उपर केन्द्रित छ ।

स्वास्थ्यकर्मिको धर्म नै मानव सेवा हो । अझ  म जस्ता स्टाफ नर्श त झनै नजिक भएर विरामीको सेवामा लागेका हुन्छ । विरामीलाई औषधी खुवाउने, आवश्यक परे सुई लगाईदिने, ब्लड प्रेसर जाँच गर्ने, जाँच गर्ने, ज्वरो नाप्ने, दिशा–पिशावको अवस्था हेर्ने आदि कार्यहरु डाक्टरको निर्देशनमा विरामीसंग प्रत्यक्ष सहभागी भएर गरिरहेका हुन्छौ । हरेक विरामीसंग हाम्रो मन जोडिएको हुन्छ । (लगातार) यस्तै मनको कुरा गर्दा म एउटा घटनाको कारणले चिन्तित अनि विछिप्त छु । घटना यहि लक डाउन उपर केन्द्रित छ ।

करिव ११ बर्षको बालक घर भित्र खेलिरहेको हुन्छ । साँझको करिब ४ बजिसकेको हुन्छ । उसलाई पेट विस्तारै – विस्तारै दुखेकोले आमालाई बताउँछ । आमाले छोरो भोकायो होला त्यसैले पेट दुखेको होला भनेर नास्ता बनाउन थाल्छिन् अनि छोरालाई दिन्छिन् । सानो बच्चा नास्ता पाएपछि फेरी खेल्न थाल्दछ । आमा र छोराले अघि पेट दुखेको कुरा बिर्सिसकेका हुन्छन् । रात पर्दछ, अनि फेरी त्यो बच्चाले पेट दुखेको क्ुरा आमालाई दोहो¥याउछ, आमाले अहिले रात परेको र यसबेला बाहिर स्वास्थ्य केन्द्रमा जान नसकिने बताउदै ब्रोफिन खुवाएर सुताउछिन्, बच्चा आमा सुत्दछन् । करिब बिहानको ३–४ बजे तिर फेरी त्यही पेट दुखेको कुरा आमालाई दोहो¥याउछ  सायद यति बेला ब्रोफिनले दुखाई मार्ने कामको समय सकिएको थियो होला । भोलिपल्ट विहान उज्यालो भए पछि आमा छोरा मेडिकल जान तयार हुन्छन् । लक डाउनको समय बाहिर कुनै गाडी चलेको हुदैनन्, मानिसको आवतजावत पनि अन्त्यन्त कम हुन्छ । बाटोमा सुरक्षाकर्मिको आवतजावत नै बढी देखिन्छ । मास्क र लठि लिएका जवानहरु  हिडिरहेका हुन्छन् तर तिनका हाकिमहरु  डि.एस.पि, एस.पि.हरु आफ्नै क्वाटरमा क्वारेन्टाइनमा बसेका होलान् । बढो मुस्किलले आमा छोरा पुलिससंग मेडिकल जाने अनुरोध सदर गरी हिड्दै आधा घण्टा लगाएर मेडिकल पुग्छन् । मेडिकलका अ.हे.ब.ले बच्चालाई ग्यास्ट्रिक भएको सम्झी त्यसको औषधि र ब्रोफिन दिएर घर पठाउछन् । घर पुगेर साँझ पर्दा पनि बच्चालाई पेट दुखाई बढ्दै जान्छ । उनका पति बैदिशिक रोजगारमा गएका हुन्छन् । घरमा आमा छोरा मात्रै बसेका हुन्छन् ।

भोलिपल्ट विहानै आमा एम्बुलेन्स खोज्न थाल्छिन्, थुप्रै संघ संस्थाका एम्बुलेन्सलाई फोन गर्छिन, कोही कतै गएका छौ भन्छन् त कोही गाडी बिग्रिएको छ भन्छन् । केही उपाय नलगाएपछि एक अटो भेटिन्छ तर उसलाई लक डाउनको बेला रोडमा हिड्ने अनुमति हुदैन । पुलिस संग लामै अनुरोध गरेपछि  उनी अटो सहित बच्चालाई लिएर तुलसीपुरको राप्ती उप–क्षेत्रिय अस्पतालमा पुग्छिन् । कोभिड–१९ चेक जाँच गर्ने प्रक्रिया उर्फ ज्वरो नापेपछि डाक्टरको जाँच गर्ने कोठामा पुग्छिन् । डाक्टरले एपिन्डिसाइड भएको अनुमान गरी तुरुन्तै कोहलपुर बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा जाने सल्लाहा दिन्छन् । १–२ घण्टाको एम्बुलेन्स खोज्ने प्रयास पछि त्यहि अस्पतालको गेट पाले दाईको सहयोगले एम्बुलेन्स चढि आमा छोरा कोहलपुर प्रस्थान गर्छन् । ठाँउ ठाँउको एम्बुलेन्स चेक जाँच पार गर्दछन् किनकी एम्बुलेन्समा पनि गैर विरामीहरु यात्रा गरिरहेको समाचारहरु प्रकाशित भइरहेको थिए । कोहलपुरको नेपालगंञ्ज मेडिकल कलेज आइ पुग्दा साँझको पाँच बजिसकेको थियो । अनि बच्चालाई पेट दुख्न सुरु भएको पनि ३ दिन बितिसकेको थियो । उफ ः यहाँको पनि कोभिड–१९ चेक जाँच प्रक्रिया उर्फ ज्वरो नाप्ने उस्तै नै रहेछ । तिनी सबै प्रक्रिया पुरा गरेपछि बच्चालाई इमरजेन्सी कक्षमा लगिन्छ । डियुटीमा रहेका स्वास्थ्यकर्मिहरुले सामान्य जाँच प्रक्रिया अगाडी बढाउछन् । करिब १ घण्टा पछि कन्सल्टेन्ट डाक्टर आएर जाँच गर्दछन् । बच्चाको दिशा, पिशाव, रगत, एक्स–र,े भिडियो एक्स–रे सबैको रिपोर्ट आउछ, डाक्टरले बच्चालाई एपेन्डिसाइड भएको र त्यो फुटेको कुरा पनि आमालाई बताउछन । अहिले रात परेको र बच्चाको घाँउ सुकाउने सुई र औषधि लगाएकोले नआत्तिन सुझाउछन् । साथ साथै यदि औषधिले काम गरेर घाँउ सुक्दै गएमा अप्रेशन गर्न नपर्ने नत्र भोलि अप्रेशन गर्ने कुराको जानकारी दिन्छन अनि बच्चालाई सर्जिकल वार्डको बेड नं १३ मा पठाइन्छ । बच्चालाई रातिबाट ज्वरो देखा पर्दछ, भोलि पल्ट विहान त बच्चालाई १०३० डिग्रीको ज्वरो आएको हुन्छ ।

भोलिपल्ट सिंगो हस्पिटल नै आंतकित भए जस्तो देखिन्छ । एकथा शंकै शंका गर्ने मानवको स्वभाव त्यसमा पनि १०३० डिग्रीको ज्वरो । पुरै हस्पिटल र त्यस वार्डका स्टाफ हरु त्राहिमान हुनछन । संयोगले मेरो डियुटी पनि त्यसै वार्डमा र विहानीको सिफ्टमा हुन पुगेको हुन्छ । पि.पी.ई, मास्क र सेनिटाईजर बोकेर डाक्टर बच्चालाई चेक गर्न थाल्दछन । हिजो चेक गरेको रगतमा नदेखिएको पनि हुन सक्ने भन्दै पुन ः रगत चेक गर्न ल्याबमा पठाइन्छ । अहिले पनि रगतमा कोभिड –१९ नभएको पुष्टि हुन्छ र अरु थप रगत टेस्टको लागि काठमाण्डौ पठाउने सल्लाहा हुन्छ । डाक्टरहरु नै अलमलमा परिरहेका हुनछन कि यति ठुलो ज्वरो एपेन्डिसाइड फुटेर त्यसको संक्रमणले आएको हो या अरु कुनै कारणले । थरि थरिका मानिसको थरि थरिका व्याख्या, विश्लेषण आउन थाल्छन । एकातिर बच्चा गम्भिर विरामी पर्दै छ भने अर्को तिर आमाले स्पष्टिकरण दिन पर्दै गएको छ । तिम्रो घर छिमेकमा कोही बिदेशबाट मानिस आएका छन ? कसैलाई घरतिर रुघा, खोकी, ज्वरो आएको थियो ? आदि प्रश्नहरुले अर्धशिक्षित तिनी महिलालाई ब्याकल बनाइरहेको थिए । तिनी भन्दै थिन “ हामी घर भित्रै बसिरहेका थियौ, घरमा कोही पनि नयाँ पाउना आएका छैनन, मलाई भए सम्म छर छिमेका कसैलाई पनि यति ठुलो ज्वरो आएको छैन ।”यति बेला तिनी महिला छोराको पिडा संगै मनोवैज्ञानिक आंतकले ब्यात थिन । म लगायत, हाम्रो वार्डमा भएका स्वास्थ्यकर्मिहरले निर्णय ग¥यौ कि अब बच्चाको तुरुनतै अप्रेशन गर्नुपर्छ । तर यति बेला फेरी बच्चामा आएको ज्वरोले अप्रेशन गर्नु बाधा पु¥याउने देखियो किनकी सामान्यतया अप्रेशन गर्दा ज्वरो आएको हुनुहुदैन, यसले जोखिम बढाउने काम गर्दछ । बच्चाको आमालाई जोखिमको सबै कुरा बताएपछि उनि जसरी भए पनि बच्चालाई निको बनाइदिन अनुरोध गर्दैथिन । बच्चालाई अप्रेशन थियटरमा लगिन्छ, पेटको सल्यक्रिया गर्दा पुरै संक्रमणले आन्द्रालाई पनि असर पु¥याउन थालिसकेको हुन्छ । करिब १ घण्टाको सल्यक्रिया पछि बच्चालाई आई.सि.यु.मा लगिन्छ । सल्यक्रिया गरेको करिब २ घण्टा पछि बच्चाको होस आउछ । डाक्टरले बच्चाको होस आए पनि बच्चा अझै जोखिम मुक्त नभएको बताउछन । आखिर डाक्टर पनि मानव नै त हुन भगवान होइनन ।” बच्चामा ज्वरोको मात्रा घटिसकेको हुदैन । हामी सबैलाई डर हुन्छ कि कतै यो ज्वरो नघट्ने पो हो कि ? आन्द्रामा इन्फेक्सन कतै सरिसकेको छ कि ? भोलि ,पर्सि गर्दै २ दिन बित्दा पनि बच्चा निको हुन सकिरहेको छेन । हामी सबैको डर यथार्थमा परिणत हुन पुग्छ, नभन्दै बच्चा सल्यक्रिया गरेको ३ दिन पछि भौतिक शरिरले यो दुनियालाई बिदाई गर्छ । हामी सबै इस्तब्द हुन्छौ यो भन्ने आट केहि समय सम्म हामीमा देखिदैन ।अलि आट गरेर सबै कुरा मैले तिनी महिला समक्ष राख्दछु । उनी आहालब्यहाल हुन्छिन । दिनको करिब २ बजे तिर काठमाण्डौ बाट पनि रिपोर्ट आउछ कि त्यो बच्चामा कोभिड – १९ को रिपोर्ट नेगेटिभ आयो ।

यसरी हाम्रो जस्तो स्वास्थ्यको क्षेत्रमा कम पहुच भएको मुलुकमा कोभिड –१९ को असर देखा पर्न त छदै छ साथ साथै यो लक डाउनलाई कर्फुको रुपमा जस्तो बुझेर अरु सामानय विरामीका कारणले पनि मर्नु पर्ने अवस्था सिर्जना हुदै छ । नजिकै स्वास्थ्य केन्द्र नहुनु अल्प ज्ञान भएका व्यक्तिहरुले डाक्टर झै बनेर गाँउ गाँउमा मेडिकल खोल्नु, ज्ञान भएकाहरुमा पनि अनावश्यक आतंकले डेरा जमाउनु अहिलेको अवस्थामा अन्त्यन्तै खतराजनक छ ।

अन्त्यमा म एक स्वास्थ्यकर्मिको नाताले कोभिड –१९ को संक्रमण फैलिन सावधानि पुर्वक क्रियाकलाप गरौ गाउ छर छिमेकमा यस भाइरस संग सम्बन्धित विशेषता देखिएमा अस्पताल पु¥याउ, साबुन पानीले पटक पटक मिचि मिचि हात धोऔ । शारिरीक मानसिक शक्ति दुबै बलियो बनाऔ । याद गरौ कि हामी सबैको कर्तब्य जुन सुकै विरामीलाई पनि अस्पताल पु¥याउने हो । यस्तो लक डाउनको समयमा अरु कुनै समस्या भएका विरामीहरु ढिलो अस्पताल आउनाले वा अस्पताल आउनै नसक्नाले मृत्युको कारण बन्न बन्न पुगोस् ।

( न्यौपाने, नेपालगंज मेडिकल कलेज कोहलपुरमा कार्यरत स्टाफ नर्श हुन् )

 

Nabintech