६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेपाल किन गरिब भयो ?


नेपाल चिन र भारत दुई बिसाल देशको बिचमा रहेको छ । नेपाल आफनो उत्पति देखि नै एक स्वतन्त्र र सार्वभौसत्ता सम्पन्न देश हो । हाम्रो देश कहिलेहि पनि कसैको गुलामि बनेन । हामी विर सन्तानका छोराछोरी हौ । हा्रमा पुर्खाको विरता प्रति हामीलाई गर्व छ । हाम्रा पुर्वजहरुले पुर्वमा टिस्टा र पश्चिमा कांकाडा सम्म पुगेको हाम्रो इतिहास हो । सुघौलि सन्धी पछि नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि मी छ ।
हाम्रो भगौलिक अवस्था हिमाल पहाड र तराई हो । बहुभाषिकि,बहुजाति,बहुधार्मीक र बहुभगौलिक नेपालको आत्मा हो । प्रशासनिक हिसावल ७ प्रदेश,७७ जिल्ला १६५ निर्वाचन क्षेत्र ३३० प्देश निर्वाचन क्षेत्र ६ महानगरपालिका ११ उप नगरपालिका २६७ नगपालिका ४६० गाउपालिका र ८८६८ वडाहरुमा विभाजन गरिएको छ । यसैको मध्य बाट वडा तहसम्म स्थानिय सरकार संचालन भएको छ ।
नेपाल प्रकृतिक हिसाबले सम्पन्न देश हो । जलश्रोतमा बा्रजिल पछि नेपाल दोस्रो धनि देश नेपाल हो ।

धार्मिक हिसावले पशुपति, लुम्विनी र हामी सगै छ । संचारको सबै भन्दा अग्लो सगरमाथा हामी सगै छ । तर यसको प्रचार प्रसार र धन आर्ज गर्न सकेका छैनौ ।
साहित्यमा लक्ष्मी प्रसाद देवकोटा,लेखनाथ पौडेल,मोतिलाल,जस्ता मुर्दन व्यक्तिहरु,राजनीतिमा पनि पुष्पलाल,विपि मदन भण्डारी मनमोहन अधिकारी गणेशमान श्रेष्ठ जन्मेको देश हो ।देशमा प्रकृति साधन श्रोत हुदा हुदै पनि हामी सम्पन्न हुन सकेनौ । देश कसैको गुलामी भएन तर हामी नेपालीहरु रोजगारीको लागि विदेशीन पर्ने व्यक्ति गुलामी हुनु पर्ने विधमान छ ।  नेपाल कृषि प्रधान देश हो । तर चामल देखि लसुन सम्म विदेश बाट आयतित गर्नु पर्ने अवस्था छ ।

आज कृषिमा अर्बौ लगानि गरेको छ । तर हिमाल पहाड र तराई सबै क्षेत्रमा फल्ने आलु समेत ४ अर्व भन्दा बढी आयत हुन्छ । हामी कहा छौ । यो एउटा उदारहण हो । यसै बाट कृषि विज्ञय,राजनीतिज्ञ सबैको क्षमता देखिन्छ ।नेपाली जनता र राष्टलाई धनि बनाउने हो भने कृषिका आधुनिकरण गर्नु पर्दछ । बाझो जमिन राख्नेलाई सरकारले कारवाही गर्न निति अपनाउनु पर्दछ ।सरकारले कृषि क्षेत्रमा सौलियत उपलव्ध गराउनु पर्दछ । फलफुल तरकारी, माछा मासुमा मात्र आत्मर्निभर बन्नेहो भने हामी धेरै करिव एक खरव बजेट बचत गर्न सक्छौ ।
अनुशासित,मिहिनेत जनता छन।राजनीतिक परिर्वतन भयो तर सिस्टम र आर्थिक, शैक्षिक र सामाजिक क्षेत्रमा परिर्वतन गर्न सकेनौ ।राजनीतिक परिर्वतन लागि हामी नेपाली युवाहरु जति त्याग तपस्या र बलिदान को लागि तयार भयौ । उत्पादनको लागि हामीले केह ीगर्न सकनौ ।कृषि प्रधान देश भन्ने ६महिना खान नपुग्ने अवस्था छ । हरियो वन नेपालको धन भन्ने मलेशिया बाट मात्रै ५२ अर्व भन्दा बढी काठ आयतित
गर्ने । नेपालको काठ कुवाएर सक्ने निति हाम्रो बन निति हो जस्तो लाग्छ ।नेपालका जङ्घल बाट सुकेका रुख मात्र निकाल्नी स्वाथ्य क्षेत्रमा मात्र लगाउने हो भने स्वाथ्य क्षेत्र मा आमुल परिर्वतन गर्न सकिन्छ ।
जुन देश धनि भने यिनिहरुले शिक्षामा आमुल परिर्वतन गरे । देशका युवाहरुलाई राष्ट निर्माणको मुल धारमा लगाउन सफल भए तर हामी सफल हुन सकेनौ । राज्य र समाजले युवालाई दोसो दर्जाको रुपमा अझै पनि हेर्नू मुलुकको लागि दुर्भाय हो ।

आज दैनिक १५०० भन्दा बढी रोजगारीको लागि विदेशिने अवस्था छ । पत्येक दिन एक लास अन्ँतराष्टिय एरर्पोटमा आउने गर्दछ ।श्रम गर्नै सस्कृतिका विकास र चेतनाको विकास गर्नु र श्रम गर्नेलाई राज्य र समाजले सम्मान गर्ने सस्कृति विकास गर्न सक्यौ भने मात्र मात्र हामी हाम्रो देशको आर्थिक अवस्था सुधार गर्न सकिन्छ ।
अमेरीकालाई विकासित हुन २०० बर्ष लाग्यो। जापनलाई विकासित हुन ६० वर्ष लाग्यो । चिनलाई विकसित हुन ३० वर्ष लाग्यो ।भष्टचार ढिला सुस्तीको अन्त्य गर्ने र श्रम गर्ने सस्कृतिको विकास गर्ने हो भने नेपाललाई १० वर्षमै सम्पन राष्ट्र बनाउन सकिन्छ ।मात्र इच्छा शक्तिको आवश्यक छ ।
अब हामीले देश बनाउने संकल्प सबैले गर्नु पर्दछ । सबैले संकलप नगर देश धनि बन्दैन । देश धनि नभए देशको राष्टिय स्वाधिनता पनि बलियो बनाउन सकिदैन ।आउनु होस एक पटक देश बनाउने संकल्प गरौ।
सुर्य नेपालमै छ
उर्जा बनाऔ
नदि नेपालमै छ
विधुत निकालौ
जमिन नेपालमै छ
औषधि निकालौ
खानी नेपालमै छ
उत्खनन गरौ
युवा नेपालमै छ
विकासमा बढाऔ

लेखक गोरखा युनाईटेड स्कुल कोहलपुर, कक्षा ७ मा अध्यनरत छन् ।

Nabintech