१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
पार्टीको झण्डा दलहरुले हटाए

बाहिरबाट आउने साधन सिधै गन्तब्यमा पठाइने



कोहलपुर/ राहत तथा उद्धारका लागि भन्दै कोहलपुर चौराहामा दलका झण्डा र व्यानर सहितको क्रिलयाकलाप बन्द हुने भएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतको पहलमा बुधवार भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काग्रेसका नगर सभापति र सचिवको बैठकले यस्तो निर्णय गरेको नेकपा कोहलपुर नगर सचिव तुलाराज बिष्ट (बिहानि)ले जानकारी दिए ।

उनले बिभिन्न स्थानबाट सवारी साधनमा आएका र जिल्ला बाहीर जानेलाई कोहलपुरमा नरोक्ने र सिधै गन्तब्य तर्फ पठाउने सहमती भएको बताए । उनले पैदल रुपमा आएकाहरु लाई भने सामाजिक दुरी कायम गरेर प्याकेजमा खाना वा नास्ताको व्यवस्था गर्ने सहभती भएको छ ।

नेपाली काँग्रेस कोहलपुर नगर सभापति बलराम शर्माले चौराहामा भिड भाड गर्दा कोहलपुर क्षेत्रमा कोरोनाको संक्रमण बढ्न सक्ने जोखिम भएकाले सवारी साधनमा आएकाहरुलाई सिधा गन्तब्यमा पठाउने निर्णय भएको बताए । छलफमा नेकपा कोहलपुर नगर अध्यक्ष  बसन्ती अधिकारी , सचिव तुला राज बिष्ट बिहानी , काँग्रेस नगर सभापति बलराम शर्मा र सचिव भुम भण्डारी लगायतको सहभागिता रहेको
थियो ।

नेपाली काँग्रेस र नेकपाले आफ्नो दलको झण्डा र व्यानर सहित बाहिरबाट आउनेहरुलाई खाना र खाजाको व्यवस्था गरेको भन्दै आलोचना समेत भएकोथियो । बुधवारको दलिय बैठक पछि दलको झण्डा र व्यानर हटाएर हेल्प डेस्कका रुपमा सञ्चालन गरिने राजनैतिक दलका नेताहरुले बताएका छन । दलका झण्डा टागेर दलहरुले मानबिय सेवा गरेको समाचार नयाँ कोर्सले प्रकाशन गरेको थियो ।

कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले चौराहाको गतिबिधीले केरोनाको जोखिम कोहलपुरमा बढ्ने देखेर त्यसलाई नियन्त्रण गर्न लागिएको जानकारी दिए ।
कोहलपुर चौराहमा भेटिएका नेकपाका युवा नेत नरेन्द्र न्यौपानेले पार्टीको झण्डा सहितको हेल्प डेस्कको व्यानर हटाईएको र बाहिर बाट सवारी साधनमा आउने लाई सिधै गन्तब्यमा पठाईएको जानकरी दिए । पैदल यात्री लाई हेल्थ हेल्प डेस्कमा स्वाथ्य जाँच गरि खाजा र पानि खुवाएर गन्तव्यमा पठाएको जानकरी दिए ।

Nabintech