८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
देशी–विदेशी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा छन् : प्रचण्ड

नेकपाको ७१ औं स्थापना दिवस



काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्मकमल दाहाल प्रचण्डले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागेको बताएका छन् ।

नेकपा स्थापना दिवसको अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको बतााएका छन् । ‘पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ । यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि पनि सम्पूर्ण नेता–कार्यकर्तालाई अपील गर्दछु’ प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


प्रचण्डले ७१ वर्ष लामो राजनीतिक संघर्षका दौरानमा कम्युनिष्ट आन्दोलनले नेपाली राजनीतिलाई गुणात्मक दिशानिर्देश मात्र नगरी विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ र मौलिक सन्देश दिएको बताएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘कठोर संघर्षकै बलमा संघीय गणतन्त्रात्मक शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादउन्मूख संविधान, सामाजिक न्याय लगायतका महत्वपूर्ण उपलब्धीहरु हासिल भएका छन् । प्राप्त उपलब्धीलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले हामीलाई लक्ष्यप्रति समर्पित हुन थप प्रेरणा र उर्जा दिएको छ ।’

Nabintech