८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
घर भाडा मिनाहा गर्न मञ्चको माग


कोहलपुर/ विश्व ब्यापी रुपमा माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण घर बाहालमा सञ्चालन भएका उद्योग व्यवसायको घर बाहाल छुट गर्न नेपाल घर बहाल उपभोक्ता मञ्च बाँकेले माग गरेको छ ।
मञ्चले एक प्रेस विज्ञप्ती जारी गर्दै केहि घर धनिहरुले स्वतस्फुर्त रुपमा बन्दाबन्दी अवधि भरको घर भाडा नलिने घोषणा गरेको भन्दै निर्णयको स्वागत गरिएको छ । मञ्चका अध्यक्ष मोति शर्मा मेथोड र महासचिव देबेन्द्र पौडेलद्धारा हस्ताक्षरीत विज्ञप्तीमा उदार मनकासाथ बन्दाबन्दी अवधि भरको घर भाडा मिनाहा गर्न माग गरिएको छ ।
यसैगरी नेपाल सरकारद्धारा गरिएको घरभाडा मिनाहा गर्ने निर्णयको स्वागत गर्दै बिषम पस्थितीमा बन्दाबन्दी अवधि भरको घर बाहाल कर र बैंकको व्याज मिनाहा गर्न संघिय सरकारसँग जोडदार माग गरिएको छ ।

Nabintech