९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
घरेलु महासंघद्धारा मजदुरलाई राहात वितरण


कोहलपुर/ घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर कमिटीले बिभिन्न उद्योगमा कार्यरत मजदुरहरुलाई राहात बितरण गरेको छ ।

नगर कमिटीको पदाधिकारीहरुको तर्फ बाट संकलिन रकम बाट  ६० जना मजदुरहरुलाई राहात सामाग्रि बितरण गरेको अध्यक्ष हेम बिक्रम जिसीले जानकारी दिए  । जिसीका अनुसार  १५ किलो चामल , दाल , तेल र नुन लगायतका समाग्रि बितरण गरिएको हो । ७० हजार बरावरको खाद्यान्न वितरण गरीएको जिसीले बताए ।

यस अघि महाँसघले कोहलपुर नगरपालिकाको बिपत व्यवस्थापन कोषमा  ३० हजार रुपैया सहयोग गरेको थियो ।

महासंघका महासचिव सि.एम उपाध्यक्षले झण्डै ३ दर्जन उद्योगमा कार्यरत मजदुरहरुलाई सम्वन्धीत कार्यस्थलमै पुगेर राहात बितरण गरेको बताए । उनले राहात बितरण बाहेक पैदल बिभिन्न स्थान बाट हिड्दै आएका पैदल यात्रिहरु लाई पानी , फलफुल लगायतका समाग्रि बितरण गर्दै आएको छ । राहात बितरण कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं ११ का अध्यक्ष कर्ण बहादुर थापा र घरेलु महाँसघ बाँकेका पुर्व अध्यक्ष शेष कान्त शर्मा लगायतको सहभागिता रहेको थियो ।

Nabintech