९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपाद्धारा ५ सय बोरा चामल बैजनाथ गाँपालिकालाई हस्तान्तरण


 

कोहलपुर/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँके क्षेत्र नं ३ (क) ले बैजनाथ गाँउपालिकालाई राहात समाग्री हस्तान्तरण गरेको छ ।
नेकपा बाँके क्षेत्र नं ३ (क) का ईन्चार्ज नरेन्द्र पाण्डे जेम्सले बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल लाई पार्टीको तर्फबाट संकलिन ५ सय बोरा चामल हस्तान्तरण गरेका
हुन । सो चामल ५ लाख मुल्य वरावरको रहेको ईन्चार्ज पाण्डेले जानकारी दिए ।

पाण्डेले नेकपा जनताको सुख दुखको साथि भएको बताउदै पार्टी नेता कार्यक्रताबाट संकलिन ५ लाख मुल्य वरावर ५ सय बोरा चामल संकलन भएको जानकरी दिए ।
उनले संकटका समयमा सरकारलाई सघाउनु राजनैतिक दलको कर्तव्य भएको बताउदै स्थानिय सरकारसंग हातेमालो गरेको बताए । उनले संकलित राहात निष्पक्ष तरिकाले तेरो मेरो नभनि बिपन्न , श्रमजिबी मजदुरलाई बितरण गर्न पनि आग्रह गरे ।

राहात संकलनका लागि नेकपाले नेकपा नेता एंव संबिधान सभा सदस्य दल बहादुर सुनारको संयोजकत्वमा समित गठन गरेर अभियान चलाएको थियो ।
सुनारले पार्टी सदस्य हरु बाट मुठि मानो बचत गरेर बिपन्नका लागि राहात संकलन गरिएको जानकारी दिए । उनले नेकपा जनताको पार्टी भएकाले जनताको शुख दुखमा मलम लगाउन अभियान सञ्चालन गरिएको बताए ।

राहात हस्तान्तरण कार्यक्रममा नेकपा क्षेत्र नं ३ क का संयोजक गुमान दमाई , जिल्ला कमिटि सचिवालय सदस्य घननाथ खनाल , क्षेत्रिय सचिव देव बहादुर रावत , युवा नेता दिपक जि एम , बैजनाथ गाँपालिका अध्यक्ष चन्द्र चौधरी , सचिव मिरा कार्कि लगायतको सहभागिता रहेको थियो ।
ब्ौजनाथ गाँउ पालिका अध्यक्ष मान बहादुर रुचालले बिपन्नका लागि राहात संकलन गरि पालिका लाई सघाएको भन्दै नेकपा लाई धन्यवाद दिए । उनले संकलित रकम वास्तबिक बिपन्न सम्म पुर्याउने प्रतिबद्धता जनाए ।

Nabintech