६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राहात तथा उद्धारमा दलगत स्वार्थ कि निस्वार्थ सेवा

पार्टीको झण्डा मुनि अलपत्रलाई भोजन



कोहलपुर/  बिपतका समयमा बिभिन्न संघ सस्था र राजनैतिक दलहरुले बिभिन्न खाले राहात तथा सहयोग पुर्याईरहेका छन । राहात बितरण गर्दा राहात भन्दा पिडित लाई आहात हुनेगरी समाजिक सञ्जालमा फोटाहरु प्रकाशन भएका भन्दै चौतर्पिm आलोचना भई रहेका छन ।
संकटका समयमा राहात वा सहयोग निस्वार्थ तरिकाले गरिने कर्म भएकाले व्यक्तिगत वा सामुहकीक स्वार्थ देखिए मानविय कार्य नभएर व्यक्तिगत वा सामुहिक स्वार्थमुलक कार्य हुन जाने अधिकाँसको बुझाई छ ।

दैनिक ज्यालादारीमा काम गरेर खाने ज्यालादारी मजदुरहरु देशका ठुला शहर र औधोगिक क्षेत्र बाट मध्य तथा सुदुरपश्चिमका बिभिन्न जिल्लाहरुमा आउने क्रम बढ्दो छ । दैनिक ५ सय भन्दा बढि मानिसहरु कोहलपुरहँुदै प्रदेश ५ को बाँके र बर्दिया , कर्णाली प्रदेश र ७ नं प्रदेश जाने गरेका छन ।
कोहलपुर आई पुगेकाहरुलाई कोहलपुर चौराहामा हेल्प हेल्थ डेक्स स्थापना गरिएको छ । हेल्थ डेस्कमा उनिहरुको ज्वरो जाँच गर्ने गरिएको छ । कोहलपुर चौराहामा आई पुगेकाहरुलाई कोहलपुर नगरपालिकाको समन्वयमा कोहलपुर क्षेत्रका संस्थागत बिद्यालयका वसहरुको प्रयोग गरि पश्चिमको बाँके बर्दियाको सिमा नाका मानखोला पुल र कर्णाली प्रदेश जानेहरुका लागि कोहलपुर चौराहा देखि बैजनाथ गाँउपालिकाको सहयोगमा सम्वन्धीत गाउँ पालिकाको सम्पर्कमा पुर्याउने काम भएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले कोहलपुर नगारपालिकाको आफ्नै श्रोत र बिभिन्न संघ सस्थासंगको साझेदारीमा अलपत्रहरुको उद्धार र खाना खाजाको व्यवस्थापनको काम भई रहेको बताए । संकटका बेला सवै राजनैतिक दल , समाजिक संघ सस्था उतिकै रुपमा सक्रिय रहेको प्रमुख रावतको भनाई छ । स्थानीयन सरकार एक्लैले सम्पुर्ण बोझ उठाउन सक्दैन त्यसैले सबैसंग सहकार्यका लागि अपिल गरेको र सोहि अनुसार सहयोग पनि भई रहेको उनको भनाई छ ।
क्रिसा कोहलपुरका अध्यक्ष शिव डाँगीले बिपतका समयमा अलपत्र परेकाहरुलाई उद्धार गरि गन्तव्यमा पुर्याउनु मानविय धर्म भएको बताउँदै त्यसका लागि कोहलपुर क्षेत्रका सस्थागत बिद्यालयहरुले कोहलपुर नगरपालिकाको आग्रहमा दैनिक ३ वटा स्कुल बसहरु सञ्चालनमा ल्याएको बताए ।
गन्तव्य तिर पुर्याउन गरिएको सहयोगमा केहि राजनैतिक दलले राजनीतिककरण गर्न खोजेको होकी भन्ने भान पर्न गएको बताए । उनले संकटका समयमा उद्धार र राहात पहिलो प्रथाकिता भएको बताउँदै निस्वार्थ तरिकाले सहयोग पुर्याउनु पर्नेमा जोड दिए ।

कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र अधिकारीले राहात बितरण गर्दा तेरो मेरो भन्नु र निहित उद्धेश्य राखेर राहात बितरण गर्नु गलत भएको बताए । उनले बन्दाबन्दीका कारण वास्तबीक श्रम गरेर खानेहरु सबैभन्दा बढि मर्कामा परेको बताउँदै निश्वार्थ भएर राहत बितरण गर्न आग्रह समेत गरे ।
नेपाली काँग्रेस कोहलपुरका अध्यक्ष बलराम शर्माले राहात बितरणमा स्वार्थ राखिनु गलत भएको बताए । उनले कोहलपुर नगरपालिकाले वडा स्तर सम्म गठन गर्ने भनेको सर्वदलिय समन्वय समितिलाई वाई पास गरेर काम गरिएको गुनासो समेत गरे । उनले संकटका समयमा सरकार र प्रतिपक्ष वा यो दल र त्यो दल भन्ने कुरा गर्न नहुने धारणा राखे । कोहलपुर चौराहामा खाना खुवाउने स्थानमा नेपाली काँग्रेसको झण्डा र लोगो राखिएको बिषयमा गरिएको प्रश्नका बारेमा उनले सो बारेमा आफु लाई आधिकारीक जानकारी नभएको बताए । सो बारेमा सम्वन्धीत व्यक्तिहरुसंगै सोध्न सुझाव दिए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा कोहलपुरकी अध्यक्ष बसन्ती अधिकारीले संकटका समयमा निस्वार्थ रुपमा सेवा गनु पर्ने बताईन् । उनले राहात बितरणमा समेत वास्तवीक पिडीतले पाउने गरि बितरण गर्न समेत सुझाव दिईन । उनले नेकपाका नेता कार्यक्रर्ता निश्वार्थ रुपमा अलपत्र परेका पैदल यात्रुको उद्धार , बिपन्न लाई राहात बितरणमा सक्दो सहयोग गरि राखेको बताइन । तर, यि सबै काम गर्द पार्टीगत स्वार्थ नराखी काम गरेको उनको भनाई छ ।

Nabintech