८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा थप २ जनाको रिपोर्ट नेगेटिभ


कोहलपुर/  बाँकेको कोहलपुर नगरपालिका वडा नं ८ मा रहेको क्वरेनटाइनमा रहेका २ जनाको र्यापिड टेष्ट नेगेटिभ आएको छ ।
क्वारेनटाईनमा बसेका कोहलपुर ३ का दुई जनाको र्यापिड टेष्ट नेगेटिभ भेटिए पछि उनिहरुलाई घर पठाईएको कोहलपुर नगरपालिका स्वाथ्य शाखा प्रमुख डिल्ली राज पोख्रेलले जानकारी दिए ।
१५ दिन सम्म क्वारेन्टाईन बसेका उनिहरुको घरजानु अघि नगर स्वास्थ्य कार्यालयका ल्याव टेक्नीसियन दिपक शर्माले र्यापिड टेस्ट गरेको प्रमुख पोख्रेलले जानकारी दिए ।

कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत,उप– प्रमुख सञ्जुकुमारी थारु र प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र देव भारतीले र्यापिड टेष्टको प्रमाण पत्र दिएर ७ दिन थप घरमै होम क्वारेन्टाईनमा बस्ने गरि बिदाई गरेका थिए ।
क्वरेनटाइनमा वसेका २ जना को बिदाई गरेपछि कृषि बिकास बैकको क्वारेन्टाईनमा थप ६ जना रहेका छन ।

Nabintech