५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
स्मरणमा जनमुक्ति सेनाका कमाण्डर श्याम

००७सालको क्रान्ति देखि २०६२/६३ को आन्दोलनको नेतृत्वमा जोडिए



कोहलपुर/ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदो निवासी २००७ सालका जनमुक्ति सेनाका कमण्डर श्याम तामाङको ९२ वर्षको उमेरमा निधन भएको छ ।
उनका जेठा छोरा सरोजकुमार तामाङका अनुसार उमेरले च्याप्दै गएका कारण स्वास्थ्य अवस्था कमजोर थियो । सामान्य अवस्थामा रहेका उनको एक्कासी निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।


नेपाली कांग्रेसले तत्कालिन राणा शासनको विरुद्ध थालेको आन्दोलनमा उनी अग्र मोर्चामा होमिएका थिए । श्यामकुमार तत्कालिन क्रान्तिको कमाण्डर थिए । प्रजातन्त्र पुर्नस्थापना पश्चात उनले नेपाल प्रहरीमा प्रवेश गरी सरकारी सेवा प्रारम्भ गरेका थिए । नेपाल प्रहरीका भुतपुर्व प्रहरी उपरीक्षक(एसपी) समेत रहेका तामाङका तीन छोरा र दुई छोरी छन् । जेठा छोरा सरोजकुमार वन कर्मचारीबाट सेवा निवृत्त भइसकेका छन भने माइलो छोरा उदय र कान्छो छोरा डम्बर पनि नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक(डिएसपी) बाट सेवा निवृत्त भइसकेका छन् ।

निरंकुश राणा शासनलाई फाल्न गरेको क्रान्तिमा प्रत्यक्ष योगदान दिनु भएका श्यामकुमार तामाङ नेकपा माओवादीले सुरुवात गरेको सशस्त्र सर्घषलाई पनि सकारात्मक निचोडमा पुर्याउनु पर्छ भन्ने मध्ये एक रहेको नेपालगञ्जका राजनैतिक बिष्लेषक नरेन्द्र जंग पिटरले बताए । पिटरका अनुसार तत्कालिन माओवादीले सेना समायोजन गर्दा सम्मानजनक अवस्थामा गनुपर्ने भन्दै बिभिन्न माध्याम बाट आवाज उठाउदै आएका थिए । कतिपय सार्वजनिक कार्यक्रमहरुमा उनले माओवादीले चलाएको जनयुद्धको खुलेर प्रसंशा समेत गर्ने गरेका थिए ।


शान्ति प्रक्रिया संगै सेना समायोजनका बारेमा माओवादीका तत्कालीन यस क्षेत्रका नेता कृष्ण बहादुर महरा , शक्ति बस्नेत र महेश्वर गहतराज अथक लगायतका नेताहरुलाई घरमै बोलाएर सल्लाह सुझाव दिने गरेको नेकपाका केन्द्रीय सदस्य एंव बाँके क्षेत्र नं १ का सांसद अथकले सम्झना गर्दछन् ।

 


अथकले २०६२/६३ को आन्दोलन पछि नियमित रुपमा भेट हुने गरेको र सेना समायोजनका बारेमा छलफल हुने गरेको अथकको भनाई छ । अथकले ०६२/०६३ को आन्दोलन लगतै तत्कालीन माओवादीद्धारा नेपालगंजको कोरीयनपुर आप बगियामा आयोजित सभामा नागरीक अगुवाका तर्फबाट तामाङले सम्बोधन गरेको समेत स्मरण गरे । शान्ति प्रक्रिया लगतै तत्कालीन माओवादी कार्यकर्तासंग तामाङको अत्यन्तै निकट सम्वन्ध रहेको अथकको भनाई छ ।


तत्कालीन माओवादीका थारुवान प्रमुख हालका नेकपा नेता एंव बन मन्त्री शक्ति बहहादुर बस्नेतले श्याम तामाङलाई राष्ट्रबादी योद्धाका रुपमा सम्झन्छन् । नेपाली काँग्रेसले सुरु गरेको आन्दोनमा जनमुक्ति सेना पनि नेपाल प्रहरीको एसपि समेत भई सकेका तामाङसँग माओदाीले सुरु गरेको जनयुद्धलाई पनि उक्तिकै साहानुभुति राख्ने योद्धा भएको उनको बुझाई छ । जनमुक्ति सेनाको सम्मान जनक समायोजनमा उनको जोड रहेको थियो ।


पूर्व एमालेका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य देवराज भारसँग पनि सम्वन्ध नजिकको थियो । ६२/६३ को जन आनदोलन देश भर चर्की रहँदा उनिसँग बाँकेको आन्दोलनको स्वरुका बारेमा हरेक दिन छलफल गरेको स्मरण गर्छन ।
संविधान सभा सदस्य भारले नयाँ कोर्ससँग कुरा गर्दै भने ०६२/६३ को जन आनदोलनले नेपालको परिवर्तनमा आशावादी भएको कुरा गर्ने गरेको बताए ।
भारले उनलाई सम्झेर भावुक हुदै राष्ट्रले परिवर्तनकारी व्यक्ति गुमाएको भन्दै उनि प्रति श्रद्धा सुमन समेत व्यक्त गरे ।

 

Nabintech