१८ मंसिर २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपाले आयोजना गरेको रक्तदानमा १ सय ६४ पिन्ट रगत संकलन


कोहलपुर/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँके प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं १ (ख) ले बन्दाबन्दीको अवस्थामा देखिएको रगतको अभावलाई पुर्तिगर्न आयोजना गरेको रक्तदान कार्यक्रमा १ सय ६४ पिन्ट रगत संकलन भएको छ । सामाजीक दुरी कायम गर्दै कमिटीले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रहेको रक्तसञ्चार केन्द्रमा विहान १० बजेबाट रक्तदान गरेको थियो ।
नेकपा प्रदेश ५ का सदस्य तथा बाँके निर्वाचन क्षेत्र नं १ (ख) का ईन्चार्ज नरेन्द्र न्यौपानेले बन्दाबन्दीका कारण रक्त सञ्चार केन्द्रहरुमा देखिएको रगत अभाव पुर्ति गर्न आयोजना गरिएको रक्तदान कार्यक्रममा स्वस्फुर्त रुपमा रक्तदान गरी मानविय कार्यमा सहयोग गर्ने सवैलाई धन्नेवाद दिएका छन् ।
यसै गरी निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं १ ख का संयोजक अब्दुल हुसेन खानले रक्तदानमा सहभागि भएर रक्तदान गर्ने पार्टीका नेता कार्यकर्ता,शुभचिन्तक र भातृ संगठनका सवैलाई धन्नेवाद दिए ।

Nabintech