६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँके बासी त्रसित,सिमानाका सिल गर्न माग


(कोहलपुर)/ बाँकेमा कोरना भाईरस कोभिड १९ को जेखिम बढ्ने देखिएको छ । भरतको उत्तर प्रदेशको राजधानी लखनउमा हिजो शनिवार एकै दिन एकै स्थानबाट ९० जना कोरोना संक्रमित भटिएसँगै उत्तर प्रदेशको सिमानाका जोडिएका बाँके लगायतका जिल्लाहरुका स्थानीयमा त्रास पैदा भएको छ ।
लक डानको बेवास्ता गर्दै कृषि तथा तरकारी जन्य सामाग्री बोकेका भारतिय नम्वर प्लेटका गाडीहरु नेपालगञ्जको जमुनाहा नाका हुदै बाँकेमा भित्रिएसँगै सवैमा त्रास बढिरहेको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार दैनिक २ दर्जन बढि सवारी साधनमा सवारी चालक र सह चालक नेपाल भित्रीएका छन ।
जिल्ला स्थित सुरक्षा प्रमुखहरुले प्वारेन्टाईन गराएर तरकारी भित्र्याएको बताए पनि सवारी साधनका चालक,सहचालक र कामदारहरुबाट संक्रमण फैलिन सक्ने भन्दै बाँके वासीहरुले चिन्ता व्यक्त गर्न थालेका हुन् ।
नेपालगंज उद्योेग बाणिज्य संघका महासचिव चिरन्जीवी ओलीले भारतिय सवारी साधन नरोकिय बाँके पनि कोरोनाको केन्द्र बन्न सक्ने बताए । उनले सिमा पुर्ण रुपमा सिल गर्न आग्रह गरेको भएपनि भन्सार र प्रहरीले त्यसको वेवास्ता गरेको नयाँ कोर्सलाई बताए । उनले सवारी साधन तिनका चालक सहचालक लगायत ल्यााईने तरकारी लगायतका खाद्य बस्तुबाट कोरोना सर्न सक्ने उनको भनाई रहेको छ ।
उत्तर प्रदेश सरकारले हरेक क्षेत्रमा सिसि टिभीको मद्दतले अनुगमन तथा सुरक्षाकर्मी परिचालन गरि लाकडाउनलाइ कडाइ गरिरहेको बेला एकासी शनिबार केन्ट एरियामा ९० जना नयाँ कोरोना संक्रमित फेला परेका भारतीय संचार माध्यमले बताएका छन ।
प्रदेश ५ साँसद एंव नेकपा नेता आई पि खरेलले स्थानीय कृषले उत्पादन गरेका तरकारीहरु लकडाउनका कारण विक्रिवितरण गर्न नसकेर बारिमै कुहिरहेको गुनासो गरिरहेकै बेला कोरोनाको उच्च जोखिम रहेको भारत वाट तरकारी आयात गनु दुखद भएको बताए । उनले तरकारी सँगै कोरोना संक्रमित भित्रन सक्ने भन्दै जिल्ला स्थित सुरक्षा समिति लाई आग्रह गरे पनि कार्यान्वयन हुन नसकेको बताए ।

Nabintech