८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
रगतको अभावलाई पुर्तिगर्न नेकपाको रक्तदान 


कोहलपुर (बाँके)/  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँके प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं १ ख ले बन्दाबन्दीको अवस्थामा देखिएको रगतको अभावलाई पुर्तिगर्न रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सामाजीक दुरी कायम गर्दै कमिटीले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रहेको रक्तसञ्चार केन्द्रमा आज विहान १० बजेबाट रक्तदान कार्यक्रम सुरु गरेको हो । रक्तदान कार्याक्रम साँझ ५ बजे सम्म चल्ने छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेका अध्यक्ष आईपी खरेलले  नेकपा प्रदेश ५ का सदस्य तथा बाँके निर्वाचन क्षेत्र नं १ ख का ईन्चार्ज नरेन्द्र न्यौपाने र  जिल्ला कार्यालय सदस्य एवम् प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं १ ख का संयोजक अब्दुल हुसेन खानलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको सुभारम्भ गरेका हुन् ।

कार्यक्रममा नेकपा प्रदेश ५ का सदस्य तथा बाँके निर्वाचन क्षेत्र नं १ ख का ईन्चार्ज नरेन्द्र न्यौपानेले बन्दाबन्दीका कारण रक्त सञ्चार केन्द्रहरुमा देखिएको रगत अभाव पुर्ति गर्न आयोजना गरिएको रक्तदान कार्यक्रममा सवैले सामाजीक दुरी कायम गर्दै स्वस्फुर्त रुपमा रक्तदान गरी मानविय कार्यमा सहभागि हुन सवैलाई अपिल गरेका छन् ।

कार्यक्रममा नेकपा काँकेका सचिव अशोक कोईराला,पुजन विश्वकर्मा,नेताहरु सूर्य ढकाल,रत्न खत्री,बसन्ती अधिकारी र तुलाराज बिष्ट विहानी लगाएतको सहभागिता थियो । निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं १ ख का संयोजक अब्दुल हुसेन खानको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रेनुका खड्काले गरेकी थिईन् ।

फोटो फचर :

                 

                             

Nabintech