६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सात सालका योद्धा तामाङ रहेनन्


 

कोहलपुर (बाँके) / २००७ सालको क्रान्तिको अग्र मोर्चामा रहेका श्यामकुमार तामाङको निधन भएको छ । शनिबार राती तामाङको निधन भएको हो । २००७ सालका क्रान्तिको अग्र मोर्चामा रहेका तामाङ नेपालगन्जको कारकाँदोमा बस्दै आएका थिए ।

तामाङको निधन प्रति दुःख व्यक्त गर्दै क्रियटिभ ह्याण्डसका अध्यक्ष टिएस ठकुरीले उनको भनाइ सम्झदै सामाजिक सञ्जालमा लेखेका छन्, ’अहिलेको जस्तो आन्दोलन हो र रु हामीले त क्रुर राणाँसँग लडेरै जितेरै पो प्रजातन्त्र ल्याएको’ भन्नुहुन्थ्यो । वास्तवमा तपाईंको संघर्ष, त्याग, निष्ठा, इमान्दारिता हाम्रा लागि सदैव मार्ग निर्देश हुनेछ ।

Nabintech