६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बागेश्वरी बहुमुखी क्याम्पसका विद्यार्थीको लागी अनलाइन कक्षा सुरु  


कोहलपुर (बाँके)/  बागेश्वरी बहुमुखी क्याम्पसले अनलाइन कक्षाको सुरुवात गरेको छ । कोरोना भाइरसले गर्दा देश अहिले लकडाउनको अवस्थामा छ । लकडाउन भएसँगै विद्यार्थीहरुको पठनपाठन पनि ठप्प भएको अवस्थामा विद्यार्थीहरुको पठनपाठनलाई निरन्तरता दिन मध्यपश्चिमाञ्चल बिश्वविद्यालयको निति, शिक्षा शास्त्र संकायको निर्णय र क्याम्पसको कार्यक्रम अनुसार परिक्षणका रुपमा बिगत २ हप्ता देखि स्नातकोत्तर तहमा क्याम्पसकै समय तालिका अनुसार अनलाइन कक्षा निरन्तर सन्चालन गरिएको क्याम्पसका अग्रेजी शिक्षा बिषयका प्राध्यापक प्रमोद सुबेदी बताउँछन ।

उनले लकडाउनको बेला भएपनि सिकाइलाई लकडाउनमा राख्न नहुने धारणा राख्दै, विद्यार्थीहरु कोरोना को डरले अनावश्यक कुरा सोचेर त्रासमय वातावरणमा रुमलिने समयमा पहिले पढेलेखेका कुरा पुनरावृत्ति गर्दै , खेर गइरहेको समयलाई थप सिकाईमा सदुपयोग गर्नका लागी अनलाइन कक्षा सन्चालन गर्न जरुरी रहेको बताए।
उनले अहिले स्नातकोत्तर तहका विद्यार्थीहरुलाई लक्षित गरी आफुले अध्यापन गराउने अङ्ग्रेजी बिषयका २ वटा कक्षाहरु सञ्चालनमा ल्याएका छन् ।

स्नातकोत्तर तहमा अध्ययन गर्ने अधिकांश बिद्यार्थी बिद्यालय तहमा शिक्षण गर्ने भएकोले यसको सकारात्मक प्रभाव बिद्यालय तहको शिक्षण सिकाइमा समेत पर्न सक्ने भएकोले स्नातकोत्तर तहबाट अनलाइन कक्षाको थालनी गरेको तर्क प्रस्तुत गरे । साथै बिद्यार्थीको सहभागीता उत्साहजनक रहेको, बिद्यार्थीले समेत आन्तरिक मुल्यांकन अन्तर्गत प्रस्तुतीकरण गर्ने गरेको र बेला बेला विभिन्न देश बिदेशका क्याम्पस र बिश्वविद्यालयका प्राध्यापकलाई समेत आमन्त्रित र सहकार्य गर्दै अनलाइन सिकाइलाई ब्यवस्थापन गरेकोले कक्षा थप प्रभावकारी भएको दावि गरे । आफुले अध्यापन गर्ने अन्य तह , संकाय र बिषयहरुको अनलाइन कक्षा पुर्णरुपमा अझै सन्चालन नभएपनी, गुगल क्लासरुम, फेसवुक ग्रुप मेसेन्जर जस्ता माध्यम बाट आफुले अध्यापन गराउने अन्य कक्षामा अध्ययन सामाग्री र शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको बताए।

गत शुक्रबार मध्यपश्चिमाञ्चल बिश्वबिद्यालय, शिक्षा शास्त्र संकायका सहायक डिन बिष्णु कुमार खड्काले अनलाइन कक्षाको अनुगमन गरि नमुना कक्षाहरु प्रभावकारी पाएकाले, अब क्याम्पसले अन्य तह संकाय र बिषयहरुमा समेत अनलाइन कक्षा बिस्तार गर्ने कुरामा आफु आशावादि रहेको सुवेदीले जानकारि दिए।
यसैगरी बागेश्वरी क्याम्पसका क्याम्पस प्रमुख शिशिर कुमार शर्माले अब छिट्टै स्नातकोत्तर तहका विद्यार्थीहरुका लागी अन्य कक्षाहरु पनि सम्भव भए सम्म सन्चालनमा ल्याउने बताएका छन् ।

Nabintech