२४ बैशाख २०७८, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
दुई दिनमा १५ सय पैदलयात्री कोहलपुर पुगे


कोहलपुर/  बन्दा बन्दीका कारण कोहलपुर चौराहा हुँदै शनिवार ३ सय पैदल यात्रीहरु लाई बिभिन्न सवारी साधन प्रयोग गर्दै गन्तब्य तर्फ लागेका छन ।
कोहलपुर चौराहामा राखिएको हेल्प हेल्थ डेक्सका अनुसार ३ सय मानिस प्रदेश नं ६ का पहाडी जिल्ला , बर्दिया र कैलाली लगायतका जिल्ला तर्फ लागेका हुन । उनिहरु लाई कोहलपुर नगरपालिकाको समन्वयमा पश्चिम जाने लाई मानखोला र ६ नं प्रदेश जाने लाई बबई नदि पुर्याईएको नेकपाका युवा नेता नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए ।
शुक्रवार कोहलपुर चौराहा हँुदै १ हजार २ सय यात्री गन्तब्य तर्फ लागेका थिए । थकान र प्यास सहितका यात्रुहरु लाई चौराहामा खाने पानी र नाता र भोकै रहेकाहरु लाई बिभिन्न संघ सस्थाको सहयोगमा भोजनको समेत व्यवस्था गरिएको छ ।
युवा नेता नरेन्द्र न्यौपानेले कोहलपुर बाट पठाईएकाहरुलाई सम्वन्धीत गाँउ पालिकाका प्रमुखहरुसंग सम्पर्क गरेर उनिहरु बिचमा अलपत्र नपर्ने गरि पठाउने गरेको नयाँ कोर्स लाई जानकारी दिए ।

Nabintech