५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
लगडाउनको अवस्था वारे नेकपाको अनुगमन


कोहलपुर/  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँके क्षेत्र नं ३ प्रदेश क ले कोरोना बिरुद्धको महामारी बिरुद्ध लडन सरकारले जारी गरेको बन्दा बन्दीलाई थप प्रभावकारी बनाउन वडा स्तरमा अनुगमन सुरु गरेको छ ।

अनुगनका क्रममा प्रदेश ३ क अन्र्तगतका ४ वटा वडाहरुमा बन्दा बन्दीको अवस्था वारे खजुरा गाँउपालिकाको वडा नं ५,६,७ र ८ न वडाको अनुगमन र बिपन्नको अवस्था बारे जानकारी लिईएको क्षेत्रिय ईन्चार्ज नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए । अनुगमनका क्रममा बन्दा बन्दीको पालना कम गरेको पाईएको पाण्डेले जानकारी दिए । पाण्डेले बन्दा बन्दीका कारण बिपन्न समुदायमा कठिनाईको अवस्था बारेपनि जानकरी लिईएको बताए ।

अनुगमनका क्रममा पुर्व मन्त्री दल बहादुर सुनारले भारत र तेस्रो मुलुक बाट आउनेको अनिवार्य स्थानिय सरकारलाई जानकरी गराउन , कृषि कार्य गर्दा अनिवार्य समाजिक दुरी कायाम गर्न आग्रह गरिएको बताए । अनुगमनमा नेकपा प्रदेश कमिट सदस्य डम्वर बि.क तुफान , खजुरा गाँउपालिका अध्यक्ष राज कुमार बिक र नेता देव बहादुर रावत लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

Nabintech