५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेपाल विद्यार्थी संघ बाँकेले आयोजना गरेको रक्तदानमा १ सय ५९ पिन्ट रगत संकलन


कोहलपुर/  नेपाल विद्यार्थी संघ बाँकेले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ५९ पिन्ट रगत संकलन भएको छ । नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय ५९ पिन्ट रगत संकलन भएको अध्यक्ष पुर्ण प्रसाद आचार्यले बताए ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रहेको रक्त सञ्चार केन्द्रमा राखिएको रक्तदान कार्यक्रममा कोहलपुर क्षेत्रका युवा, विद्यार्थी र सुभचिन्तकहरुको सहभागिता रहेको आचार्यले बताए । संकटको घडिमा रक्तदान गरी सहयोग गर्ने सवैलाई आभार समेत गरेको गरेको आचार्यको भनाई छ ।

Nabintech