५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जानकीमा ३ हजार १२ घरधुरीलाई राहत वितरण गरिदै


जानकी/ बाँकेको जानकी गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनका कारण प्रभावित नागरिकलाई आइतबारदेखि राहत वितरण गर्ने भएको छ ।
लकडाउनका कारण प्रभावित दैनिक ज्यालादारी कामगरी खाने श्रमिक र विपन्न समुदायका तीन हजार १२ घरधुरीलाई अत्यावश्यकीय खाद्य सामाग्री वितरण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनु भयो ।

उहाँका अनुसार, वडाबाट सङ्कलन भईआएका तथ्याङ्कका आधारमा वास्तविक प्रभावितहरुलाई विवादरहित तरिकाले राहत वितरण गर्न थालिएको छ । राहत प्याकेजमा ५ जना परिवार सदस्य सङ्ख्या रहेकोलाई १५ किलो चामल, २ किलो दाल, १ लिटर खानेतेल, १ किलो नुन र एक प्याकेट सोयाबिन दिईने छ ।
पाँच जनाभन्दा बढी परिवार सदस्य सङ्ख्या रहेको परिवारलाई २५ किलो चामल, ३ किलो दाल, २ लिटर खानेतेल, १ किलो नुन र एक प्याकेट सोयाबिनका दरले बितरण गरिने प्रमुख प्रशासकीय अधिकृत खत्रीले बताउनु भयो ।

वडापालिकाले सङ्कलन गरेको अभिलेख अनुसार, वडा नम्बर १ मा ३ सय ३४, वडा नम्बर २ मा ६ सय ५८, वडा नम्बर ३ मा ८ सय ६१, वडा नम्बर ४ मा ४ सय तीन, वडा नम्बर ५ मा ४ सय २० र वडा नम्बर ६ मा ३ सय ३६ घरपरिवार गरि जम्मा ३ हजार १२ घरधुरीलाई राहत बितरण गरिने छ ।

गाउँपालिका अध्यक्ष रामनिवास यादवले विवादरहित तरिकाले वास्तविक प्रभावितलाई राहत वितरण गर्नको लागि अभिलेख सङ्कलन गरिएको बताउनुभयो । उहाँले गाउँपालिकाले कोरोना नियन्त्रण तथा राहत बितरण कार्यविधि–२०७६ को मापदण्ड अनुसार राहत बितरण गर्न लागेको जानकारी दिनु भयो ।
उहाँका अनुसार, प्रत्येक वडापालिकाले कायविधिको मापदण्ड अनुसार आ–आफ्ना वडामा रहेका ज्यालादारी मजदुरी गर्ने तथा बिपन्न गरिव परिवारको अभिलेखका आधारमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधि समेतको रोहवरमा वडा कार्यालयबाट राहत वितरण गर्नेछन् ।

Nabintech