५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
भरतवाट कृषि जन्य बस्तु आयात रोकीएन


कोहलपुर/ नेपालगंज नाका हुँदै भारत बाट कृषि जन्य पदार्थ आयात रोकीएको छैन ।
सरकारले सिमा क्षेत्र पुर्ण रुपमा सिल गरेको भएपनि भारत बाट आउने तरकारीहरुको आयात नरोकिएको सिमा नाका जमुनाहाबाट पत्रकार पुजन बिश्वकर्माले जानकारी दिए । दैनिक दर्जनौ गाडिमा आलु प्याज लगायतका कृषि उपज आउने गरेको प्रत्यक्षदर्सीले जानकारी दिएका छन ।

प्रदेश ५ सासद एंव नेकपाका नेता आई पि खरेलले कृषि उपज रोक्ने बारे नेपालगंज भन्सार कार्यालयका प्रमुख लाई आग्रह गरेपनि रोक्न नमिल्ने बताएको जानकारी दिए । उनले केहि समय आयात रोक्न आग्रह गरेपनि भन्सार प्रमुखले रोक्न नमानेको उनले बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले क्वारेन्टाईन गराएर मात्र प्रवेश दिएको नयाँ कोर्सलाई बताए ।

Nabintech