९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
डि.डि.सी.को दुध कर्णाली प्रदेश लैजान रोक

संंघीय सरकारको निति बिरुद्ध कर्णाली प्रदेश सरकार



कोहलपुर/ कृषि उपजलाई सहज रुपमा बजारमा बिक्रि बितरण गर्ने बारे संघिय सरकार र प्रदेशिक सरकारको निति बाझिएको छ । जसका कारणले सरकारी संस्थान दुग्ध बिकास सस्थानले संकलन गरेको दुध बिक्रिका लागि समस्या उत्पन्न भएको छ ।  दुग्ध बिकास सस्थान डीडीसीको कोहलपुर स्थित नेपालगन्ज दुग्ध वितरण आयोजनाबाट शुक्रबार साँझ ६ बजे सुर्खेत लैजाँदै गरेको चार हजार सात सय ५० लिटर दूध बबई बाट र्फकाईए संगै उक्त घटना बाहिर आएको हो ।

आयोजना प्रमुख योगेन्द्र साहले ‘स्वदेशमै उत्पादन भएको कृषि उपजलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान प्रतिबन्ध लगाउनु दुखद भएको बताए । उनका अनुसार सुरक्षाकर्मीले प्रदेश सरकारको आदेश भन्दै दूधजन्य पदार्थ सुर्खेत लैजना रोक लगाएका थिए । डीडीसीले शुक्रबार वीरेन्द्रनगरको औद्योगिक क्षेत्रमा रहेको सुर्खेत डेरीलाई दूध बिक्रिका लागि पठाएको थियो ।

बन्दा बन्दीको समयमा पनि कृषि उपज दूध तथा दुग्ध पदार्थ संकलन, ओसारपसार तथा बिक्री वितरण निर्वाध रुपमा देशैभरी गर्न पाउने संघीय सरकारको नीति छ । संंघीय सरकारको निति बिरुद्ध कर्णाली प्रदेशले दूध तथा दुुग्ध बिक्री वितरण तथा ओसार पसारमा प्रतिबन्ध लगाउनु गलत भएको साहले बताए ।
प्रदेश ५ की कृषि मन्त्री आरति पौडेलले दुध लैजान रोकिएको बारे कर्णाली प्रदेशका कृषि मन्त्री र मुख्य मन्त्री संग पनि कुरा गरेको बताईन । कृषि मन्त्री र मुख्य मन्त्रीले कृषि जन्य बस्तु आयातमा प्रतिबन्ध लगाईएको भन्दै लैजान नदिईने बताएको मन्त्री आरति पौडेलले बताईन । कृषि उपज आवश्यक मात्रामा भारत बाट समेत आई रहेको अवस्थामा स्वदेशकै उत्पादनमा प्रतिबन्ध लागाईनु दुखद भएको नयाँ कोर्स लाई बताईन ।

केहि दिन संघिय सरकारका कृषि मन्त्री घनश्याम भुषालले ७ ओटै प्रदेशका कृषि मन्त्री संग भिडियो कन्फ्रेन्स गदै कृर्षि उपज सहज रुपमा आवगमन र बिक्रि बितरण गर्न गराउन निर्देशन दिएका थिए ।

Nabintech