५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर नगरपालिकाले अलपत्र पैदल यात्रीहरुलाई उद्धार गर्न पहल थाल्यो


कोहलपुर नगरपालिका र कोहलपुर क्षेत्र संस्थागत विद्यालय संगठन (क्रिसा) बीच आज भएको छलफलमा संस्थागत विद्यालयका सवारी साधन प्रयोग गरि अलपत्र परेका पैदल यात्रीहरुलाई उद्धार गर्ने सहमति भएको छ । बन्दाबन्दीका कारण बेखर्ची भएर फर्कीरहेका अलपत्र पैदल यात्रीहरुलाई उद्धार गर्न प्रत्येक दिन ३ वटा स्कूल वस दिन क्रिसा तयार भएको हो ।

कोहलपुर नगरपालिकाको पहलमा बाटोमा अलपत्र परेकाहरुलाई उद्धार गरी बाँकेका सिमा नाका सम्म पुर्याउन संस्थागत विद्यालयका सवारी साधन प्रयोग गरिने नगरपालिका प्रमुख लूट बहादुर रावतले नयाँ कोर्सलाई बताए ।

बन्दाबन्दीका कारण ज्याला मजदुरी गर्न बाहिर गएकाहरु बेखर्ची भएपछि कष्टपूर्ण पैदल यात्रा गर्दै घर फर्कीनेहरुको दैनिक लावालस्कर देखिन्छ । प्रदेश नं. ६ र ७ को प्रमुख नाकाको रुपमा रहेको कोहलपुरलाई प्रयोग गरिने भएकाले नगरपालिकाका सवारी साधन अपुग भएपछि संस्थागत विद्यालयका सवारी साधन आजबाट प्रयोग भैरहेको प्रेस संयोजक भिम रावतले बताए ।

Nabintech