६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपाको समन्वयमा ३८ थान पि.पि.ई हस्तान्तरण


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समन्वय र गैर आवासिय नेपाली समन्वय परिषद यु.ए.ई. को सहयोगमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई व्यक्तिगत सुरक्षा समाग्री पि.पि.ई हस्तान्तरण गरिएको छ ।
नेकपा बाँके क्षेत्र नं १ ख को संयोजनमा परिषदले पठाएको ३८ थान सामाग्री नेकपा बाँकेका सचिव असोक कोईरालाले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका निर्देशक डा.भोजराज जोशीलाई हस्तान्तरण गरेको नेकपा बाँके क्षेत्र नं १ ख का संयोजक अब्दुल हुसेन खाँले जानकारी दिए ।
कोरोना माहामारीका कारण सम्भाबित जोखमका समयमा काम गनुपर्ने स्वास्थ्यकर्मीलाई सुरक्षीत गर्नका लागि पि पि ई सहयोगको अपिल गरिएकोमा गैर आवासी नेपालीहरुले सहयोग गरेको कोईरालले जानकारी दिए । ३८ थान पि पि ई झण्डै ६५ हजार बरावरको रहेको कोईरालाको भनाई छ । कोईरालाले समन्वय परिषद यु.ए.ई.का संयोजक प्रकाश कोईरालाले ७ ओटै प्रदेशमा पि पि ई सहयोग गरेको समेत जानकारी दिए । ५ नं प्रदेशका लागि शिक्षण अस्पताल कोहलपुर छनौट गरिएको हो ।
हाल यु.ए.ईमा बस्ने प्रकास कोईराला बर्दिया जिल्लाका स्थाई बासिन्दा हुन ।


सामाग्रि हस्तान्तरण कार्यक्रममा बोल्दै डा. जोशिले महामारीमा स्वाथ्यकर्मि उच्च जोखिमा पर्न सक्ने भन्दै सहयोगका लाई धन्यवाद दिए ।
यस बिच कोरोना महामारी पछि भएको बन्दाबन्दीका कारण रगतको अभाव कम गर्न नेकपा बाँके क्षेत्र नं १ ख ले भोलि आईतवार रक्तदान गर्न लागेको संयोजक खाँनले जानकारी दिए । समाजिक दुरीलाई कामय गर्दै गरिने रक्तदानमा सहभागिताका लागि खानले सम्पुर्णलाई अपिल समेत गरेका छन ।

Nabintech