९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
लक डाउनका बेलापनि बर्दियामा रोकिएन जुवा

कोहलपुर र बाँसगढीका राजनैतिक दलका नेता तथा व्यवसायी ५ लाख बढि नगद सहित पक्राउ



कोहलपुर/ कोहलपुर र बाँसगढीका राजनैतिक दलका नेता तथा व्यवसायी ५ लाख बढि नगद सहित पक्राउ परेका छन । लक डाउनको वास्ता नगरि जुवाखालमा बसिरहेका उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

बासगढी नगरपालिकास्थित अतिथी होटलमा अवैधरुपमा जुवा तास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको टोलीले ७ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका केही स्थानिय नेता हुन् भने केही व्यापारी हुन् ।
पक्राउ पर्नेमा बासगढी नगरपालिका–५ का सोदे विष्ट, नरबहादुर वली, सुरश रेग्मी रहेका छन् । यसैगरि बढैयाताल गाउँपालिका– ७ का श्रीकृष्ण गिरी, कोहलपुर नगरपालिकाका पुरन गिरी, शिसिर गिरी र श्याम कुवर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।
जुवाको खालबाट नगद ५ लाख ६० हजार ९० रुपैँया बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै माथी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

Nabintech