९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बन्दा–बन्दीलाई थप प्रभावकारी बनाउने नेकपाको निर्णय

९ गते मंगलवार रक्त दान गर्ने



नेपाल कम्युनिष्ट पार्टी नेकपा बाँके क्षेत्र नं ३ प्रदेश क ले कोरोना बिरुद्धको महामारी बिरुद्ध लडन सरकारले जारी गरेको बन्दा बन्दीलाई थप प्रभावकारी बनाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
शुक्रवार बसेको प्रदेश ३ क समन्वय समितिको सचिवालय बैठकले बन्दा बन्दी लागि सचेतना जगाउँन वडा र टोल कमिटीलाई परिचालन गर्ने निर्णय गरेको क्षेत्रिय ईन्चार्ज नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए ।
बैठकले बन्दा बन्दीका कारण बाँकेमा रगत अभाव भएकाले ९ गते मंगलवार रक्त दान गर्ने निर्णय भएको जेम्सले बताए ।
नेकपा बैजनाथ गाउँपालिका अध्यक्ष चन्द्र थारुका अनुसार बैजनाथ गाँउ कमिटि र युवा संघको व्यवस्थापनमा पालिकाको २ स्थानमा रक्तदान गरिने छ । थारुका अनुसार प्रभात मा।बि जि गाँउ र बैजनाथ ३ को बैरीया स्कुलमा रक्तदान गरिने छ ।
युवा संघका नेता एंव नेकपा बैजनाथका सह ईन्चार्ज दिपक जि एमलेका अनुसार बन्दाबन्दीका कारण रक्त सञ्चार केन्द्रहरुमा रगतको अभाव देखिएपछि रक्तदान गर्न लागेको बताउदै , समाजिक दुरी कायम गदै रक्तदानमा सहभागि हुन युवा, बिद्यार्थि तथा आम सर्वसाधारणहरुलाई आवहान गरेका छन ।
बैठकले यस अघि पुर्व मन्त्री दल बहादुर सुनारको नेतृत्वमा गठित राहात संकलन समितिले संकलन गरेको राहात ९ गते नै स्थानिय सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

Nabintech