५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बैशाख ७ गते नेकपाले रक्तदान कार्यक्रम गर्ने


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ (ख) कमिटी बाँकेले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । बन्दाबन्दीका कारण रक्त सञ्चार केन्द्रहरुमा रगतको अभाव देखिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ख कमिटी बाँकेले बैशाख ७ गते आईतवारका दिन नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रहेको रक्त सञ्चार केन्द्रमा रक्तदान कार्यक्रम राखिएको नेकपाका नेता सूर्य ढकालले बताए ।रक्त सञ्चार केन्द्र कोहलपुरमा ७ गते १० बजे देखि ४ बजे सम्म आयोजना गरिने रक्तदान कार्यक्रममा सहभागि भैदिन सवैलाई सामाजीक सञ्जाल मार्फत अपिल गरिएको नेता ढकालले नयाँ कोर्सलाई बताए ।
रक्तसञ्चार केन्द्रहरुमा रगतको कमि हुँदा ठूला अप्रेसन गर्नुपर्ने बिरामीसँगै मिर्गौलाको नियमित डायलासिस, अप्रेसन गर्नुपर्ने सुत्केरी, सिकलसेल एनिमियालगायतका बिरामी समस्यामा परेका छन्। लकडाउनको समयमा रगतको प्रयोग गर्ने तर, दिने मानिसहरु नहुँदा रगतकाको समस्या भएको हो ।

Nabintech