९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर नगरपालिकाको ११ नं वडा कार्यालयलाई खाद्यान्न सामाग्री हस्तान्तरण


 

कोहलपुर/ कोहलपुर नगरपालिकाको ११ नं वडा कार्यालयलाई एस.एच. स्टिल उद्योग र एस.एच. फर्निचर उद्योगले खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।
दैनिक ज्याला मजदुरी गरि खाने विपन्नहरुका लागि एस.एच. स्टिल उद्योग र एस.एच. फर्निचर उद्योगले ३१ हजार २ सय ५० मूल्य वरावरको खाद्यान्न सामाग्री वडा कार्यालयलाई बुझाएको एस.एच. फर्निचर उद्योगका सञ्चालक तुलाराज विष्ट (विहानी) ले नयाँ कोर्सलाई बताए । दुबै उद्योगको तर्फबाट एस.एच. फर्निचर उद्योगका सञ्चालक विष्टले वडा अध्यक्ष कर्ण बहादुर थापालाई उक्त खाद्यान्न बुझाएका हुन् ।
सो खाद्यान्न सामाग्री बुझदै वडा अध्यक्ष थापाले वास्तविक दैनिक ज्याला मजदुरी गरि खाने विपन्नहरुलाई वितरण गर्ने बताएका छन् । कोरोनाका कारण बन्दाबन्दीले विपन्न वर्गहरुको घरमा साँझ विहानको छाँक टर्न समस्या भैरहेको बताउँदै वडा अध्यक्ष थापाले सरकारको काममा सवै नागरिकले सहयोग पुर्याउन आवहाव समेत गरेका छन् ।

Nabintech