९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
पि.बि.टी. वेष्टर्न इन्डस्ट्रिजले खाद्यान्न सहयोग गर्यो


कोहलपुर/ कोहलपुर नगरपालिकामा सहयोग जुट्ने क्रम जारी छ । बन्दाबन्दीका कारण समस्यामा परेकाहरुलाई राहातमा सहयोग गर्न नगरपालिकामा नगद तथा जिन्सी सामाग्रीहरु जुट्ने क्रम जारी रहेको नगरपालिकाले जनाएको
छ ।
अरु स्थानीय तहको तुलनामा अपेक्षाकृत राहात भने जुट्न नसकेको नगरपालिकाका प्रमुख लूट बहादुर रावतको गुनासो छ । अहिले सम्म नगरपालिकामा सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद दिँदै प्रमुख रावतले भने–अरु पालिकाहरुको तुलनामा कोहलपुरमा सहयोगी मनहरु अपेक्षाकृत रुपमा देदिएनन् । यस्तो बेला सहयोगको अपेक्षा हामिले
धेरै गरेका छौं ।
शुक्रवार कोहलपुर ९ पीपरीमा रहेको पि.बि.टी. वेष्टर्न इन्डस्ट्रिज प्रा.ली.ले कोहलपुर नगरपालिकामा खाद्यान्न सहयोग गरेको छ । प्रा.ली.का सञ्चालक सिमनाथ कडेंलले खाद्यान्न सामाग्री नगरपालिकाका प्रमुख रावतलाई हस्तान्तरण गरेका छन् । प्रा.ली.का सञ्चालक कडेंलल ५६ हजार ४ सय बरावरको खाद्यान्न हस्तान्तरण गरेका हुन् ।
चक्की आटा, चिउरा,सोयाविन,मसुरोको दाल र खाने तेल लगायतका खाद्यान्न सामाग्रीहरु नगरपालिकामा बुझाएको कडेंलले नयाँ कोर्सलाई बताए । बिपद्मा परेकाहरुलाई बचाउनका लागि सरकारलाई सघाउन आफुले खाद्यान्न सहयोग गरेको कडेलको भनाई छ ।
हाल सम्म कोहलपुर नगरपालिकामा ६ लाख बढी नगद र झण्डै १ हजार किलो चामल लागायतका खाद्यान्न संकलन भएको छ ।

Nabintech