५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेमा रगतको अभाव


कोहलपुर/ बाँकेमा रगतको अभाव देखिको छ। लकडाउनका रगत दिनेहरुको कमि भएपछि रगतको अभाव भएको हो। रगतको कमि हुँदा ठूला अप्रेसन गर्नुपर्ने बिरामीसँगै मिर्गौलाको नियमित डायलासिस, अप्रेसन गर्नुपर्ने सुत्केरी, सिकलसेल एनिमियालगायतका बिरामी समस्यामा परेका हुन्। लकडाउनको समयमा रगतको प्रयोग गर्ने तर, दिने मानिसहरु नहुँदा जिल्लामा ब्लडको समस्या भएको रक्त सञ्चार केन्द्र कोहलपुरका प्रमुख राजेन्द्र प्रसाद महत्तराले जानकारी दिएका छन्।

उनका अनुसार अस्पतालमा नियमित मिर्गौलाको डायलासिस गर्ने, सुत्केरी, एनिमियाका बिरामीलाई धेरै रगत चाहिने हुँदा जिल्लामा रगतको खपत धेरै हुने गरेको र पछिल्लो समय रगतको स्टकमा कमि आएको बताए । चैत ११ गतेदेखि लकडाउन सुरु भएपछि सबैखाले रक्तदानको कार्यक्रम रोकिएको छ । विभिन्न सङ्घसंस्थाले स्थापना दिवस, वार्षिकोत्सव लगायतका कार्यक्रममा नियमित रक्तदान गर्दै आएका थिए। तर, लकडाउनपछि त्यस्ता सबै कार्यक्रम रोकिएपछि रगत अभाव देखिएको हो। रक्त सञ्चार केन्द्रले मौज्दात राखेको रगत सकिने अवस्थामा पुगेको बताएको छ ।

अस्पतालमा विरामीहरुलाई रगत आवश्यक परे विरामीका आफ्न्त र विरामिले ठूलो सास्ति भोग्नु पर्ने देखिन्छ । आईतवार कोहलपुर ६ कि श्रृष्टि थारुलाई मासिक रक्तस्राव अत्यधिक भएकोले शरिरमा रगत दिनु पर्ने भो । रक्त सञ्चार केन्द्र कोहलपुरमा रगत नपाए पछि रगत दिने मान्छेको खोजीमा ठूलो सास्ती झेल्नु परेको रक्त सन्चार केन्द्र कोहलपुरका प्रमुख महत्तराले दुखेसो पोखे ।
उनको जिवन रक्षाका लागि कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जु कुमारी थारुले एक पिन्ट रगत दिनुका साथै अरु ७ पिन्ट रगतको जोहो गरिदिएको रक्त सन्चार केन्द्र कोहलपुरले जानकारी दिएको छ ।

Nabintech