६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोनाको कहर : किसानहरु धरासायी हुँदै


 

कोहलपुर/ कोरोना भाईरसको महामारिका कारण व्यवसायीक किसानहरु सबै भन्दा बढि मर्कामा परेका छन । लक डाउनका कारण पंक्षिजन्य व्यवसाय र दुधका लागि पशुपालन गर्ने व्यवसायीहरु सबै भन्दा बढी जोखिममा परेका हुन ।
कोहलपुर ८ का गाई पालक किसान बिष्णु पोख्रेलले लक डाउनका कारण पशुपालन व्यवसाय जोखिममा परेको बताए । उनले लक डाउनका कारण दुध व्यवस्थापन गर्न गाह्रो भएको औषधि र चिकीत्सक पनि पाउन नसक्दा आफु निकै मर्कामा परेको सुनाए । उनले समस्याका बिच उत्पादीत दुध बिक्री गर्न नसक्दा झन ठुलो समस्यामा पर्ने गरेको बताए ।

उनले किसानहरुका लागि हाल दाना संकलन गर्ने समय भएकाले यस समयमा लक डाउन हुँदा व्यवसाय जोखिममा परेको बताए ।  दुध बिक्रि नहुँदा किसानले दुध बाटोमा पोख्नु पर्ने अवस्था समेत सृजना भएको नयाँ कोर्सलाई जानकारी दिए । उनले नेपाल सरकारको स्वामीत्व रहेको दुग्ध बिकास सस्थानले समेत लक डाउनका सममा दुघ किन्न छाडेको गुनासो गरे । उनले संस्थानले दुघ नकिन्दा आफुले संस्थानको गेटमा दुघ पोखेको बताए ।

डिग्रि सम्मको अध्यन गरेका पोख्रेलको गोठमा हाल ३५ ओटा गाईहरु छन । उनले दैनिक १ सय लिटर दुध उत्पादन गरेको भएपनि दुध बिक्रि नहुदा समस्या परेको बताए । शिक्षण पेशमा समेत आवद्ध पोख्रेलले १५ बर्ष देखी गोवर सोर्दा पनि आर्थिक प्रगति हुन नसकेको गुनासो गरे ।
उत्पादन लागतका आधारमा मुल्य नपाउदा व्यावासय धरापमा रहेको उनको भनाई छ ।

दुग्ध बिकास सस्थान नेपालगञ्ज दुग्ध बितरण केन्द्रका प्रमुख योगेन्द्र शाहले लक डाउनका कारण दुध बिक्रि नहुँदा समस्या उत्पन्न भएको बताए । उनले नेपालगञ्ज बितरण केन्द्र देखि दैनिक १२ हजार लिटर दुध काठमाण्डौ र पोखरा पठाउने गरेको भएपनि लक डाउनका कारण ६ हजार लिटर दुध मात्रै पठाउन सकिएको गुनासो गरे । उनले नेपालगञ्ज बितरण केन्द्रको लोकल मार्केट नहुदा समस्या पैदा भएको बताए । उनले डेरी सञ्चालक भन्दा पनि स्थानीय पशु पालक किसानको दुध प्राथमिकतामा राखेर खरिद गर्ने गरेको जानकारी
दिए । उनले पश्चिम क्षेत्रमा पाउडर प्लान्ट नहुँदा समस्या पैदा भएको जानकारी दिए ।

बैजनाथ २ का किसान हर्क बहादुर थापाले लकडाउनका कारण देखाउँदै डेरी उद्योगले दुध नकिन्दा समस्यामा परेका बताए । उनले दुध बिक्रि नहुँदा बैंकको किस्ता कसरी तिर्ने भन्ने समस्या भएको बताए । उनले लक डाउनका कारण सुरुमा बिहान मात्रै दुध खरिद गर्ने गरेकोमा हाल दुध बिक्रि पुर्ण बन्द रहेको बताए ।

कोहलपुर ४ का सफल डेरीका सञ्चालक मो. सफिक गुजरले लक डाउन अघि आफुले दैनिक २ हजार ५ सय लिटर दुध संकलन र बिक्रि गर्दै आएकोमा हाल दैनिक १ हजार लिटर मात्रै दुध संकलन र बिक्रि गर्ने गरेको बताए । बजार माग कम रहेको र दुग्ध विकास संस्थानले समेत दुध खरिद नगर्द समस्या पैदा भएको बताए । उनले लक डाउनका कारण दुग्ध जन्य व्यवसाय संकटग्रस्त अवस्थामा पुगेको बताए ।

Nabintech