५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा २ जनाको रिपोट नेगेटिभ


 

कोहलपुर/ बाँकेको कोहलपुर नगरपालिका वडा नं ८ मा संचालीत क्वरेनटाइनमा रहेका २ जनाको र्यापिड टेष्ट नेगेटिभ आएको छ ।
क्वारेनटाईनमा बसेका कोहलपुर ८ कि एक महिला र पश्चिम नवलपरासी सरावत गाँउ पालिकाका एक युवकको र्यापिड टेष्ट नेगेटिभ भेटिए पछि उनिहरुलाई घर पठाईएको कोहलपुर नगरपालिका स्वाथ्य शाखा प्रमुख डिल्ली राज पोख्रेलले जानकारी दिए । १५ दिन सम्म क्वारेन्टाईन बसेका उनिहरुको घरजानु अघि र्यापिड टेस्ट गरिएको प्रमुख पोख्रेलले जानकारी दिए ।  प्रमुख पोख्रेलका अनुसार नगर स्वास्थ्य चौकीमा कार्यरत ल्याव असिस्टेन्ट ले र्यापिड टेष्ट गरेका थिए ।

कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र देव भारतीले र्यापिड टेष्टको प्रमाण पत्र दिएर ७ दिन थप घरमै होम क्वारेन्टाईनमा बस्ने गरि बिदाई गरेका थिए । प्रमुख प्रशासकिय अधिकृत भारतीले २ जना को बिदाई गरेपछि कृषि बिकास बैकको क्वारेन्टाईनमा थप ८ जना र राम माबिमा ६६ जना भारतिय नागरीक क्वारेन्टाईनमा बसेका छन ।

Nabintech