९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कमला मिडिसिन ड्रग हाउसमा प्रहरीले छापा मार्यो


प्रहरीले नेपालगञ्जमा रहेको कमला मिडिसिन ड्रग हाउसमा छापा मारेको छ । नेपाल सरकार मार्फत नेपाली जनताका लागि निशुल्करुपमा उपलब्ध गराईएको स्यानिटाइजर बिक्री बितरण गरिरहेको पाइएपछी मंगलबार सांझ प्रहरीले छापा मारेको हो ।
नेपालगञ्जको सुर्खेत रोडमा रहेको होटेल कृण्णा सिग्नेट होटेलका मालिक समेत रहेका दीपेन्द्र अग्रवालले सञ्चालन गरिरहेको कमला मिडिसिन फर्मको नामबाट एसआर ड्रग कम्पनीले नेपाल सरकार, स्वास्थ्य तथा जनसख्या मन्त्रालयलाई नि शुल्करुपमा उपलब्ध गराएको एस आर केयर हयाण्ड सेयानिटाइजर ५०० एमएलको प्रति शिशि रु ६ सयमा बिक्री बितरण गरेको पाइएपछी प्रहरीले मंगलबार सांझ उक्त कमला मिडिसिनमा छापामारि सिलबन्दी गरेको हो ।
अग्रवाल परिवारले लामो समयसम्म नेपालका बिभिन्न जिल्ला जनस्वास्थय प्रमुखहरुसंग मिलेर औषधीको सप्लायर्सको काम गर्ने गरेकोमा केही भ्रष्ट स्वास्थ्यकर्मिहरुसंगको हिमचिम बढाएर निजि क्षेत्रबाट औषधीमा माफियाकै रोल निभाउने गरेको मंगलबारको घटनाक्रमले समेत पुष्टी गर्ने गरेको छ ।
बिश्व नै कोरोना भाइरसको कारणले मानव जिवनमा त्रायी– त्रायी भएको अवस्था र नेपालमा समेत कोरोनाको रोकथामको लागि सबै जुटिरहेको अवस्थामा दीपेन्द्र अग्रवालले भने भ्रष्टाचारीहरुसंगको मिलेमतोमा नेपाली जनताको लागि निजि फर्मले सरकारलाई सहयोग उपलब्ध गराएको स्यानीटाइजर मिलेमतोमा बिक्री गरेको पाइएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

कमला मिडिसिनका मालिक समेत रहेका दीपेन्द्र अग्रवालले स्वाथ्य कार्यालयका भ्रष्ट कर्मचारीसंग मिलेर सयौं लिटरको हजारौं शिशिमा रहेको ५ सय एमएलको प्रति शिशि रु ४ सयमा खरिद गरि आफनो नजिकैको एक जना साथीलाई प्रति शिशि रु ४ सय ५० मा किन्न सिफारिस सहित गएकोमा उक्त ब्यक्तीले यसरी यस्तो अवस्थामा गलत गरेर पैसा कमाउन मलाई छैन भनी फिर्ता गरिदिएकाले उक्त भ्रष्ट स्वाथ्यकर्मिले अग्रवालको सहयोग अन्य ठाउंमा समेत उक्त नि शुल्क स्यानिटाइजर बिक्री बितरण गरेको हुनसक्ने आशंका गरिएको
छ । मंगबलबारको स्यानिटाइजर काण्डमा एसआर नामक ड्रग कम्पनीले सरकारलाई शिशि बाहिर मुल्य नै नराखेर नटफर सेल्स समेत लेखेको र निशुल्क रुपमा दिएको एसआर केयर नामक स्यानीटाईजर नेपालगञ्जको सुर्खेत रोडमा दीपेन्द्र अग्रवालले सञ्चालन गरिरहेको कमला मिडिसिन मार्फत बिक्रि बितरण भएको पाईएको थियो ।

उक्त स्यानिटाईजरमा लेवल समेत अर्को छोपिएको र नटफर सेल्स लेखिएको तर प्रति शिशि रु ६०० का दर बिक्री बितरण गरेको पाइएपछी एक जना मदन भण्डारी नामक ब्यक्तीले उक्त शिशिको फोटो समेत हाली सरोकारवाला निकाय हेलो सरकार र नेपाल प्रहरीको फेस बुकमा ध्यानआकर्षण गराउनुभएको थियो ।

भण्डारीले आफनो फेसबुक पेजमा पोष्ट गरेपछी तुरुन्तै प्रधानमन्त्री कार्यालयबाट प्रहरी प्रधान कार्यालयमा छानबीन गरि आवश्यक काम कार्बाहीको जानकारी गराउन निर्देशन दिइएको थियो । प्रहरी प्रधान कार्यालयबाट प्रहरी प्रमुख आइजिपिले आफै जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी प्रमुखलाई फोन मार्फत स्यानिटाइजर काण्ड के कसो हो रु छानबीन गरि जानकारी गराउन निर्देशन गर्नु भएको थियो ।

उक्त आइजिपिको फोन पछी वडा प्रहरी कार्यालय नेपालगञ्ज, जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी प्रमुख बीर बहादुर वलीको समेतको टोली उक्त कमला मिडिसिनमा पुगेर आवश्यक प्रक्रिया पुरा गरेर छापा मारि मेडिसिनको सम्पूर्ण कारोबार सिल गरेको छ ।
प्रमुख वलीले कमला मिडिसिनमा माथीको निर्देशन बमोजिम जिल्ला प्रहरी कार्यालयको अनुसन्धान सहितको टोलीले छापा मारेर सिल गरि छानबीन भईरहेको तर उक्त मेडिसिनका सञ्चालन पक्राउ नगरिएको आवश्यक परे बुधबार पक्राउ गर्न सकिने जानकारी दिनुभएको छ ।

Nabintech