४ कार्तिक २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राप्ती सोनारी गाँउपालिकाको सवारी साधन दुरुपयोग


कोहलपुर/ सरकारी सवारी साधनको दुरुपयोग भएको भन्दै बिरोध जनाउने २ युवालाई प्रहरीले रातभर नियन्त्रणमा राखेको छ । राप्ती सोनारी ५ का २ जना युवाले पालीकाको गाडिमा मदिरा बोकेर हिडेको भन्दै गाडि रोक्ने प्रयास गरेका थिए । सरकारी सवारी साधन रोकेर हुल हुज्जत गरेको भन्दै राप्ती सोनारी ५ का असर्फी थारु र राम दत्त थारुलाई पक्राउ गरेको हो । ति युवाहरुले सरकारी गाडिले मदिरा बोकेर हिडेको भन्दै राप्ती सोनारी ४ को माहु चोकमा रोकेका थिए ।
ईलाका प्रहरी कार्यालय धामपुरका प्रहरी साहायक निरीक्षक पुष्कर राज जोशिले स्थानिय वासिन्दाले सरकारी गाडि तोडफोड गर्न लागेको सुचना आएपछि आफु घटना स्थलमा पुगेर युवाहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए । जोशिले आफु घटना स्थलमा पुग्दा पाउँपालिकाका गाडि तिब्र गतिमा त्यहाँ बाट भागेको जानकारी दिदै घटना स्थलमा आफुले २ ओटा बियरको बोतल फुटेको अवस्थामा भेटेको जानकारी दिए ।
उनले घटना स्थल बाट २ युवाहरुलाई आफुले नियन्त्रण लिएको बताउँदै उनिहरुललाई आफन्तको रोहवरमा छाडिएको नयाँ कोर्सलाई जानकारी
दिए ।
राप्ती सोनारीको चिलरिया एक पशलबाट वियर किनेर सरकारी गाडीमा बोकेको एक प्रत्यक्षदर्सीले नयाँ कोर्सलाई बताए ।
यस विषयमा गाउँपालिकाका अध्यक्ष लाहुराम थारुसँग बुझ्न पटक पटक मोवाईलमा सम्पर्क गर्न खोजेको भए पनि सम्पर्क हुन सकेन । पालिका गाँउ पालिका अध्यक्ष थारुका स्वकीय सचिव सन्तोस थारुले त्यसरी सरकारी गाडीले वियवर वोकेको प्रमाणित भएमा चालकलाई कारवाही हुने बताए ।

Nabintech