५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राप्ती सोनारी वासीलाई लकडाउनको पूर्ण पालना गर्न नेकपाको अपिल


राप्तीसोनारी / अगैया ÷नेपाल कम्युनिष्ट पार्टी (नेकापा) राप्ती सोनारी गाउँपालिकाले  सरकारले गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्न अपिल गरेको छ । नेकपा अध्यक्ष चिम बहादुर घर्ति र सचिव मनोज के.सी.ले कोरोना भाईरस (कोभिड–१९) को महामारी विश्वभर फैलिएको भन्दै राप्ती सोनारी गाउँपालिबासीलाई पूर्ण रुपमा लकडाउनको पुर्ण पालना गर्न अपिल गरेका हुन् ।

देशका विभिन्न जिल्ला र छिमेकी भारतमा कोरोना भाईरसको संक्रमण बढेको भन्दै लकडाउनको पालना गरी सचेत रहन अपिल गरेका हुन् । साथै स्थानिय गाँउ पालिका लाई यस बिषयमा गम्भीर हुन ध्यानाकर्षण गरेका छन । उनिहरुले  लकडाउन नै कोरोनाकाट बच्ने र बचाउने उपाय भएको बताएका  छन् ।

लकडाउन पालना गरी सभ्य र शिक्षित नागरिकको उदाहरण दिन उनले अपिल गरेका छन । यो समयमा नियमित साबुन पानीले हातखुट्टा धुन र घरभित्रै बस्न समेत उनले अपिल गरेका छन् ।

साथै सरकारले गरेको लकडाउका कारण प्रभावित दैनिक ज्याला मजदुरी विपन्न, गरिब तथा असाहय घरपरिवारलाई सरकारले तोकेको मापदण्ड अनुसार राहत बितरण गर्न माग गरेका छन् ।

Nabintech