८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बागेश्वरी कृषि फर्मको  १० हजार सहयोग

नगरको बिपत व्यवस्थापन कोषमा ६ लाख बढी नगद र खाद्यान्न संकलन



कोहलपुर/ कोहलपुर नरपालिका वडा नं ६ को बागेश्वरी कृर्षि फर्मले कोहलपुर नगरपालिको राहात कोषमा १० हजार रुपैया सहयोग गरेको छ । फर्मका अध्यक्ष एंव नेकपाका नेता नरेन्द्र न्यौपानेले १० हजार कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत लाई हस्तान्तरण गरे ।

कोहलपुर नगरपालिका वडा नं ६ मा न्यौपाने सहित कविराम पुलामी मगर, अमर बहादुर चन्द , श्री प्रसाद राना भाट र रण बहादुर मर्साङिले सो फर्म सञ्चालन गर्दै आएका छन ।

यो रकम संगै कोहलपुर नगरपालिकाको कोरोना महामारी कोषमा  ६ लाख १६ हजार २ सय २४ रुपैया र केही खाद्यान्न जम्मा भएको छ ।

कोषमा कोहलपुर १० मा रहेको बागेश्वरी एकेडमीले कोहलपुर नगर पालिकाको बिपत व्यवस्थापन कोषमा ६० हजार रुपैया , गरि घरेलु तथा साना उद्योग महासघ कोहलपुरले ३० हजार सहयोग गरेको छन । यसैगरि सघर्ष दलित महिला बचत तथा ऋण सहकारी सस्थाले ३० हजार ५ सय , गोरख नाथ टेनिङ सेन्टरका सञ्चालक मधु खडकाले १० हजार १ सय ३३ रुपैया हस्तान्तरण गरको कोहलपुर नगरपालिकाका प्रेस सल्लाहकार भिम रावतले जानकारी दिए ।

यस अघि प्रभु बैक कोहलपुर शाखाले बिपन्न समुदायका लागि ७५ हजार ३५ रुपैया बारवरको खाद्यान्न सहयोग गरेको छ ।

कोहलपुर नगरपालिको बिपत कोषमा यस अघि कोहलपुर नगरपालिकालाई गोरखा युनाईटेड बोर्डिङ स्कुल कोहलपुर २ ले १ लाख , राजनितिज्ञ तथा समाजसेबी खिल प्रसाद भुपालले ५१ हजार ,बसपार्क सुधार समितिले ५५ हजार ,बासोवास महिला बचत तथा ऋण सहकारी ले २५ हजार ५ सय ,क्रिसाले २१ हजार ,कोहलपुर २ का सशेन्द्र शाहीले १० हजार सहयोग रकम प्राप्त भएको कोहलपुर नगर पालिकाका कार्यपालिका सदस्य दिल बहादुर परियारले जानकारी दिए ।

Nabintech