कोहलपुर/ राप्ती सोनारी नम्वर ६ का वडाअध्यक्ष जनक थारुले जनताको घरमा चुलो नबलेको आफुलाई खवर गरेको आधा घण्टामा राहात सहित आई पुग्ने बताएका छन । उनले महामारीका कारण काम गरेर खाने बिपन्नहरुको लागत संकलनको काम पनि भई रहेको र समस्या परेकाले तत्काल फोन गर्न आग्रह गरेका हुन ।
उनले लक डाउनका कारण किसानहरु समेत समस्या परेको वताउदै कृषि उपज वजार पुर्याउन समस्या भई रहेको बताए । यस अघि थारुले वडाबासीलाई कोरोना भाईरसबाट बचाउन जनताको घरघरमा पुगी माक्स र साबुन वितरणमा गरेका थिए । थारुले आफुहरु वडाका ६ का नागरिकका लागि प्रत्येक घरधुरीमा मास्क र साबुन वितरण गरेका हुन् ।