४ कार्तिक २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
घर घरमा पुग्दै वडा अध्यक्ष राम लखन थारु


कोहलपुर/ कोरोना भाईरस (कोभिड–१९ )को प्रकोप विश्वव्यापी महामारीको रुप लिईरहेको बेला राप्तीसोनारी गाउँपालिका वडा अध्यक्षहरु यतिबेला जनताको घर घरमा पुगेका
छन् ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम लखन थारुले आफुहरु जनताको घरमा चुलो बालेको छ कि छैन भन्ने अनुगमन गर्दै चुलो नवलेकाहरुलाई तत्काल राहात बितरण गर्ने गरेको बताए । थारुले यसअघि वडाबासीलाई कोरोना भाईरसबाट बचाउन जनताको घरघरमा पुगी माक्स र साबुन वितरणमा गरेका थिए ।

थारुले आफुहरु वडाका ७ का नागरिकका लागि प्रत्येक घरधुरीमा मास्क र साबुन वितरण गरेका हुन् । वडाका आम नागरिकलाई कोरोना भाईरसबाट सावधानी अपनाउन र जोखिम न्युनीकरण गर्न मास्क र साबुन निशुल्क वितरण गरिएको वडा अध्यक्ष थारुले बताए । वडा नं. ७ मा १४ हजार माक्स २ हजार ४ सय साबुन र ३ सय सेनीटाइजर जनताका घरघरमा गएर वितरण गरिएको उनले बताए । ५ बर्ष मुनिका बालबालिका बाहेक सबै वडाबासीलाई मास्क र साबुन वितरण गरिएको अध्क्षय थारुले जानकारी दिए । मास्क र साबुन वितरण सगै कोरोना भाईरसबाट बच्न सचेत र सुचना दिएको छ । वडाअध्यक्ष नै घरघरमा यो विपतमा दैनिकजस्तो राहात र सहयोग लिएर आउन थालेपछि वडाबासी दंग परेका
छन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने नेपाल राराष्ट्रि माध्यामिक बिद्यालय सर्रीमा मंगलबार क्वारेन्टाइान स्थापना गरिएको छ ।कोरोना भाईरस संक्रमणको आशंका लागेका बिरामीलाई राख्नका लागि क्वारेन्टाइनको स्थापना गरिएको वडा नम्बर ७ का अध्यक्ष थारुले जानकारी दिए ।

Nabintech