९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
श्रीमतीको हत्या


बैजनाथ/ श्रीमती हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय कोहलपुरले बैजनाथ गाँउपालिका २ पहाडीपुरका बलसिंह मगरलाई पक्राउ गरेको छ ।बाँसको कप्टेराले हानेर श्रीमतीको हत्या गरेको मगरले स्विकार गरेको प्रहरीले जनाएको छ ।

घरायसी झगडाले उग्र रुप लिएपछि मगरले आफ्नो ३४ वर्षिय श्रीमती दिलमाया मगरको हत्या गरेका हुन । दिलमायाको शव नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर राखीएको छ ।
प्रहरी अहिले घटनास्थल पुगेको र थप अनुसन्धान सुरु गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

Nabintech