८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
 किसानलाई पास छैन :  तरकारीले बजार पाएन


नेपालगञ्ज / बन्दाबन्दीका कारण बाँकेमा उत्पादित तरकारीले सहज बजार पाउन सकेको छैन । गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदां किसान मर्कामा परेका छन् । बजारसम्म तरकारी बिक्रीका लागि पुर्‍याउन नसक्दा खेतबारीमै सस्तो मूल्यमा तरकारी बिक्री गर्न किसान बाध्य छन् । बन्दाबन्दीका कारण उत्पादित तरकारीले बजार नपाउँदा लगानी पनि नउठ्ने कोहलपुरका किसान किसान लक्ष्य खड्काले बताए ।

बाँकेमा यस याममा एक हजार ७५० हेक्टरमा तरकारी खेती तथा सरदर २१ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । अहिले लौका, करेला, भिन्डी (रामतोरियाँ), बोडी, टमाटर (गोलभेंडा), काँक्रा, सागलगायत तरकारी उत्पादन भएको छ ।

सबैभन्दा बढी काँक्रा खेतीमा संलग्न जिल्लाका किसानलाई मर्का परेको छ । बन्दाबन्दीका कारण बिक्रीका लागि थोक बजारसम्म तरकारी पुर्‍याउन नसकिएकाले किसान मर्कामा परेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालको भनाइ छ । नेपालगञ्ज आसपासका तरकारी थोक बजारमा बिक्रीका लागि ल्याउन सकिए पनि टाढा कोहलपुर, बैजानाथ, नरैनापुर र राप्तीसोनारीको बजार पठाउन किसानलाई समस्या भएको छ ।

नेपालगञ्जमा तरकारीको थोक बजार खुला भए पनि कोहलपुरको थोक तरकारी बजार बन्द भएकाले पनि समस्या भएको छ । बन्दाबन्दीमा किसानसँग आवतजावतको ‘पास’ नहुँदा बजारमा तरकारी बिक्री गर्न ल्याउन नसकिएको र यस सम्बन्धमा प्रशासनसँंग पहल भइरहेको प्रमुख ढकालको भनाइ छ ।

बाँकेमा उत्पादित तरकारी किसानलाई बिक्री गर्न मात्रै समस्या छैन, तिनले विषादी तथा मल समेत किन्न पाएका छैनन् । खेतीबारीमा काम गर्नका लागि आउजाउमा पनि समस्या भइरहेको उनीहरुको गुनासो छ ।

प्युठान नगरपालिका वडा ८ खप्रेङखोलाकी विपना भण्डारीले चार वर्षदेखि तरकारी खेती गर्दै आएकी छिन् । उनले चार रोपनी जग्गा भाडामा लिएर खेती गर्दै आएकी हुन् । उनको तरकारी बारीमा अहिले बन्दागोभी, काँक्रा, सिमी, लौका, घिरौँला, फर्सीलगायत तरकारी उत्पादन भएका छन् ।

उत्पादित सब्जी बेचिन ठीक परेका छन् तर उनले लकडाउनका कारण बेच्न पाएकी छ्रैनन् । आफूले उब्जाएको तरकारी दैनिक प्युठान ८ बाग्दुला बजारमा रहेको तरकारी संकलन केन्द्रमा पुर्‍याएर बिक्री गर्ने गरेको भए पनि लकडाउनका कारण संकलन केन्द्रसँंगै बजार सबै बन्द भएपछि बेच्न नपाइएको उनको गुनासो छ ।

Nabintech